नन्दराम जैशी | बैशाख २३, जुम्ला | स्थानीय तहको चुनावलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडाइ गर्ने योजना अनुसार जुम्लामा करीब २ सय ९० जना थप प्रहरी सुरक्षाकर्मि ल्याइएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | बैशाख २३, जुम्ला | स्थानीय तहको चुनावलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडाइ गर्ने योजना अनुसार जुम्लामा करीब २ सय ९० जना थप प्रहरी सुरक्षाकर्मि ल्याइएको "/>
2026-10-15 11:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा करीब २ सय ९० जना थप प्रहरी सुरक्षाकर्मी भित्रिए

नन्दराम जैशी | बैशाख २३, जुम्ला | स्थानीय तहको चुनावलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडाइ गर्ने योजना अनुसार जुम्लामा करीब २ सय ९० जना थप प्रहरी सुरक्षाकर्मि ल्याइएको छ । 

चुनावलाई शान्त र मर्यादित रुपमा सम्पन्न गर्ने सुरक्षा योजना अनुसार जिल्ला प्रहरी कार्यालय जुम्लाले थप सुरक्षाकर्मि मगाएको हो । जसमा ६२ जना म्यादी प्रहरी र अरु सबै प्रहरी सुरक्षाकर्मि रहेका छन् । जुम्लाका प्रत्येक मतदान केन्द्रमा सुरक्षा व्यवस्था मजबुद बनाउने उदेश्यले यसअघि भर्ति गरीएका ३ सय ५३ जना म्यादी प्रहरी सहित ७ सय ५० बढि प्रहरी परिचालन गरीने भएको छ । डिएसपि गुरुविष्णु काँफ्लेका अनुसार जुम्लामा रहेका ७६ वटा मतदान स्थल र ८७ वटा मतदान केन्द्र मध्ये अति संवेदनशिल, संवेदनशिल र सामान्य मतदान केन्द्रका रुपमा विभाजन गरि सुरक्षा व्यवस्था कडाई गर्ने योजना तयार पारिएको छ । ७६ वटा मतदान स्थल मध्ये अतिसंवेदन शिलमा ४१, संवेदनशिलमा ९ र सामान्यमा २६ मतदान स्थल विभाजन गरीएको छ । 

अतिसंवेदनशिल र संवेदनशिल मतदान केन्द्रमा सइको नेतृत्वमा प्रहरी जवान र म्यादि प्रहरी सहित १० जना बढिको टोली परिचालन हुनेछ । तर सामान्य मतदान केन्द्रमा ५ जना प्रहरी जवान र ४ जना म्यादि प्रहरी सहित अन्य टोलि परिचालन गरिने उहाले बताउनुभयो । स्थानीय तहको चुनावलाई शान्त तथा मर्यादीत रुपमा सम्पन्न गर्न र हरेक नागरीकलाइ सुरक्षाको महसुस गराउन हामि लागि परेका छौ, उहाले भन्नुभयो । निर्वाचन सफल पार्ने सुरक्षा योजना अनुसार जिल्ला प्रहरी कार्यालयमा रहेका ४ सय ८६ जना प्रहरी अपुग भएपछि थप प्रहरी मगाइएको हो । हामि सुरक्षा ब्यवस्थामा कुनै कमि हुन दिने छैनौ, प्रहरी निर्वाचन सफल पार्ने अन्तीम तयारीमा रहेको छ, उहाले भन्नुभयो । 

यसैबिच हाल मुख्य निर्वाचन अधिकृतको कार्यालयमा १० जना र जिल्ला निर्वाचन कार्यालयमा ५ जना प्रहरीलाई सुरक्षाको लागि खटाईएको छ । भने चन्दननाथ नगरपालिका सहित ७ वटै गाउँपालिकामा ३/३ जनाको प्रहरी टोली पनि परिचालन गरिएको छ ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु