२ श्रावण २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बाघको छाला र हड्डी सहित एक पक्राउ

१ कार्तिक २०७२, आईतवार ००:४६

baghako chhala copyमोहन विष्ट/कत्तिक १, कञ्चनपुर । सुदूरपश्चिम क्षेत्रिय प्रहरी कार्यालय दिपालयबाट खटिएको क्षेत्रिय अनुसन्धान टिम महाकालीले फेरी बाघको छाला, हड्डी सहित एक जनालाई पक्राउ गरेको छ ।

आज बिहान कैलालीको घोडाघोडी नगरपालिका १० मैतुवा स्थित मोतिराम चौधरीको घरबाट एक पाठेबाघको छाला, हड्डी सहित उक्त कारोबारमा संलग्न गोडाघोडीकै स्थानिय गोपिराम चौधरीलाई पक्राउ गरिएको हो ।

क्षेत्रिय अनुसन्धान टिम महाकालीका इन्चार्ज बिरेन्द्र जोहारीले विषेश सूचनाका आधारमा मोतिराम चौधरीको घरमा खानतलासी गर्दा ६ फिट लामो २४ इन्च चौडाईको छाला र ३ किलो २५० ग्राम हड्डी बरामद गरेको जानकारी दिनुभयो । छाला, हड्डी र पक्राउ परेका चौधरीलाई आजै जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएको इन्चार्ज जोहारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चौधरीलाई राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कार्बाही हुने छ । ऐन अनुसार चौधरीलाई एक लाख देखि पाँच लाख जरिवाना र एक वर्षदेखि पाँच बर्षसम्म जेल संजाय हुने सक्नेछ ।

पछिल्लो एक वर्षयता देखि सुदूरपश्चिमा क्षेत्रिय अनुसन्धान टिम महाकालीले दुर्लभ बन्यजन्तु चोरी तस्करी नियन्त्रणका लागि सकृय देखिएको छ । सो टिमले दर्जन बढि छाला पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिक्षुसँग यौनसम्पर्क गरेर पैसा असुल्ने एक महिला पक्राउ नेपालका छिमेकि राष्ट्र भारत र चीनलाई १००% कर लगाउने नेटो संगठनको चेतावनी , नेपालमा कस्तो प्रभाव पर्ला ? काठमाडौंका मेयर बालेनको नेतृत्वप्रति आक्रोश – ‘तपाईं पनि बोलेर मात्रै बस्ने कि काम पनि गर्ने?’ ‘साउन डेङ्गी सचेतना’ महिना घोषणा स्कुटरको ठक्करबाट वृद्धको मृत्यु जापानमा पहिलो छ महिनामा दुई करोड १५ लाख पर्यटक बेलायतद्वारा पाकिस्तानी एयरलाइन्समाथिको प्रतिबन्ध हटाउने निर्णय कोरिया: प्रश्नपत्र चोरी गरेको आरोपमा शिक्षिका र अविभावक पक्राउ मन्त्रीपरिषद् निर्णयः साउन १६ लाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाइने जसपा नेपालले फिर्ता लग्यो सरकारलाई दिएको समर्थन सहकारीको ऋण तिर्छु भनी कर्मचारीलाई बोलाएर जुत्ताको माला नेप्से परिसूचकमा १९३ कम्पनीको सेयर मूल्य बढ्दा ,५५ कम्पनीको मूल्य घट्यो “त्रिवि क्रिकेट मैदानको निर्माण ढिलाइ: ठेकेदार कम्पनीलाई दैनिक लाखौं हर्जाना” एक लाख रुपैयाँ घुससहित अख्तियारको फन्दामा मेयर साह घरबास पर्यटनसम्बन्धी तालिमपछि डाँडाडुमका महिला स्वरोजगार बन्दै भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार महानगर यातायातद्वारा विद्युतीय बस सेवा शुभारम्भ नक्कली सुन देखाई ठगी गरेको अभियोगमा तीन जना पक्राउ ककपिटमा भिडियो राख्नुको ‘बलियो तर्क’ : आइएटिए प्रमुख दिल्लीका केही विद्यालय र एक कलेजमा बम राखिएको हल्ला