2026-06-17 07:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बाघको छाला र हड्डी सहित एक पक्राउ

baghako chhala copyमोहन विष्ट/कत्तिक १, कञ्चनपुर । सुदूरपश्चिम क्षेत्रिय प्रहरी कार्यालय दिपालयबाट खटिएको क्षेत्रिय अनुसन्धान टिम महाकालीले फेरी बाघको छाला, हड्डी सहित एक जनालाई पक्राउ गरेको छ ।

आज बिहान कैलालीको घोडाघोडी नगरपालिका १० मैतुवा स्थित मोतिराम चौधरीको घरबाट एक पाठेबाघको छाला, हड्डी सहित उक्त कारोबारमा संलग्न गोडाघोडीकै स्थानिय गोपिराम चौधरीलाई पक्राउ गरिएको हो ।

क्षेत्रिय अनुसन्धान टिम महाकालीका इन्चार्ज बिरेन्द्र जोहारीले विषेश सूचनाका आधारमा मोतिराम चौधरीको घरमा खानतलासी गर्दा ६ फिट लामो २४ इन्च चौडाईको छाला र ३ किलो २५० ग्राम हड्डी बरामद गरेको जानकारी दिनुभयो । छाला, हड्डी र पक्राउ परेका चौधरीलाई आजै जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएको इन्चार्ज जोहारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चौधरीलाई राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कार्बाही हुने छ । ऐन अनुसार चौधरीलाई एक लाख देखि पाँच लाख जरिवाना र एक वर्षदेखि पाँच बर्षसम्म जेल संजाय हुने सक्नेछ ।

पछिल्लो एक वर्षयता देखि सुदूरपश्चिमा क्षेत्रिय अनुसन्धान टिम महाकालीले दुर्लभ बन्यजन्तु चोरी तस्करी नियन्त्रणका लागि सकृय देखिएको छ । सो टिमले दर्जन बढि छाला पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ