पढ्न करिब 1 मिनेट लाग्छ
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/bac46721e59fe1f966d86d94bc525c471494205630.jpg" style="float: left;"><b>बैशाख २५, डोटी । </b>सर्पले डस्दा आइतबार डोटीमा एक जनाको ज्यान गएको छ । <br></p><p>सर्पले डस्दा दिसी नगरपालिका– २ तिखाका १८ वर्षीय वली भुलको मृत्यु भएको हो । घरको भुइँतलामा सुतिरहेको बेला उहाँलाई सर्पले डसेको थियो । </p><p>सर्पले डसेपछि भुललाई ढिला गरी उपचारका लागि अस्पताल पु¥याउँदा ज्यान बचाउन नसकिएको सुजङ अस्पतालका सूचना अधिकारी अर्जुन बलायरले बताउनुभयो । रासस </p>

