2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

लङ्ग भिजनको ८औँ बार्षिकोत्सव

विमल धामी/कात्तिक ३, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडीमा रहेको लङ्ग भिजनको ८ औँ बार्षिकोत्सव सम्पन्न भएको छ । मंगलबार एक कार्यक्रमका विच लङ्ग भिजनको ८औँ बार्षिकोत्सव भएको हो ।

कार्यक्रममा विभिन्न प्रयोगितकाका विजेता विद्यार्थी, उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ । विद्यालयको विकासका लागि योगदान पु¥याएको भन्दै ५जना अभिभावकहरुलाई संस्थापक योगेश जोशीले दोसल्ला ओढाएर सम्मान समेत गरेका थिए ।

विद्यालयका पिन्सिपल केशव खडकाले वार्षिक प्रगति प्रतिवदेन प्रस्तुत गरेका थिए । विद्यालयको चौतर्फिक विकासका लागि सफलता मिल्दै गएको उहाँको भनाई छ । शैक्षिक विकासका लागि लागि पर्ने पिन्सिपल खडकाले आवश्वासन समेत दिनुभयो ।

अभिभावकहरुले विद्यालयले गुणस्तरिय शिक्षामा जोड दिनुपर्ने सुझाव दिएका छन् । गुणस्तरिय शिक्षा प्रदान गर्न सके यस क्षेत्रको शैक्षिक विकास हुनेमा उनीहरुले जोड दिएका हुन ।

कार्यक्रममा सुदूरको लोक संस्कृती झल्कने नृत समेत प्रस्तुत गरिएको छ । दुख रानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शैलेश्वरी फारवेष्ट टेक्नीकल कलेजका प्रमुख पुस्करराज भट्ट प्रमुख अथिती रहनुभएका थिए, भने जिल्ला विकास समितिका पूर्व जिल्ला सदस्य लाल बहादुर रावत विशिष्ठ अथिती रहनुभएका थिए । शिक्षक विनोद नेपालीले संचालन गरेको कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, अभिभावक, बृद्धिजिवी, समाजसेवी, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई