२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

आजदेखि कैलालीमा अनिश्चितकालीन शैक्षिक आमहडतालको घोषणा

२०७४, २५ बैशाख सोमबार ०६:३०

बैशाख २५, कैलाली । नेत्रविक्रम चन्दनिटक अखिल क्रान्तिकारीले कैलाली जिल्लामा आजदेखि अनिश्चितकालीन शैक्षिक आम हडतालको घोषणा गरेको छ । 

अखिल क्रान्तिकारीले शुल्क वृद्धिविरुद्ध वैशाख २२ गते संयुक्त विद्यार्थीको आन्दोलनका क्रममा भएको तोडफोड र प्याब्सनका पूर्वअध्यक्ष आरसी यादवलाई अभद्र व्यवहारमा संलग्न भएको विषयलाई लिएर सेती अञ्चल ब्युरो इन्चार्ज बिमल धामी र कैलाली सहसचिव रमेश साउँदविरुद्ध जिल्ला प्रहरी कार्यालयमा झुटो मुद्दा लगाई पक्राउ गरेको भन्दै शैक्षिक आम हडतालको घोषणा गरेको अखिल क्रान्तिकारीका कैलाली उपाध्यक्ष झलक विश्वकर्माले जानकारी दिनुभएको छ । 

पक्राउ परेका आफ्ना विद्यार्थी नेताको कुनै पनि संलग्नता नहँुदा नहुदै रिहाइ गर्नुको सट्टा उल्टो बाहनाबाजी गर्दै रिहाइ नगरिएकाले आजदेखि शैक्षिक हडतालको घोषणा गरिएको आइतबार जारी गरिएको विज्ञप्तिमा जनाएको छ । 

कैलाली प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले कैलाली सहसचिव रमेश साउँदलाई नियन्त्रणमा लिई सार्वजनिक मुद्दा अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको तर अञ्चल ब्युरो इन्चार्ज धामीलाई भने पक्राउ नगरिएको दाबी गर्नुभएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक