2026-10-15 11:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

गाँउको आयोजनाको २९ लाख रकमसहित जुम्लाका एक युवा फरार

नन्दराम जैशी/बैशाख २५, जुम्ला । गाँउको आयोजनाको लाखौ रकम सहित जुम्लाका एक युवक फरार भएका छन् । 

जुम्ला तातोपानि गाँउपालिका ७ तथा साविकको ताम्ती गाविस ५ बारागाँउका ३० बर्षिय युवा भिम बहादुर रावत गाँउको आयोजनाको लाखौ रकम सहित फरार भएका हुन् । आरसि आइ डब्लुको सहयोगमा निर्माण कार्य सम्पन्न भएको पातरसाँगुदेखि बारागाँउसम्म ग्रामिण सडक आयोजनाको २९ लाख ३ हजार ५ सय २२ रुपैया सहित उनि फरार भएका छन् । 

गाँउलेले सडक निर्माण आयोजनाको काम सम्पन्न गरेपछि कामदारलाइ ज्याला बिवरण बाफत आइतबार बैंकबाट २९ लाख ३ हजार ५ सय २२ रुपैया भुक्तानि लिएका ३० बर्षिय युवा रावत अहिलेसम्म सम्पर्कमा छैनन् । 

आयोजनाको अध्यक्ष समेत रहनु भएका उहाले आइतबार दिउसो बैंकबाट रकम भुक्तानी लिएसँगै दिउसो ४ बजेपछि सम्पर्क बिहिन भएको सडक निर्माण आयोजनाका सचिब नर बहादुर रावतले बताउनुभयो । रकम सहित फरार भएका युवक तथा सडक निर्माण आयोजनाका अध्यक्ष भिम बहादुर रावत, सचिब नर बहादुर रावत र कोषाअध्यक्ष पदमकलि रावतले संयुक्त रुपमा बैंकबाट रकम भुक्तानी लिएका थिए । 

सचिब नर बहादुर रावतका अनुसार भुक्तानी लिएको रकम कोषाअध्यक्ष महिला पदमकलि रावतलाइ हस्तान्त्रण गर्न नमानेपछि एउटै होटलमा तिनै जना सँगै खाजा खाएर भोलि बिहान भेट्ने भन्दै उनिहरु निस्केका थिए । तर रकम लिएर फरार भएका युवक अहिलेसम्म सम्पर्कमा नआएको बताइएको छ । पारीवारीक स्रोतका अनुसार पनि फरार युवक कसैको सम्पर्कमा छैनन् । यता जिल्ला प्रहरी कार्यालय जुम्लाले फरार युवकको खोजि कार्य जारी रहेको बताएको छ । 

गाँउलेहरु आयोजनाको सबै रकम लिएर फरार भएका युवकप्रति आक्रोसित र चिन्तीत भएका छन् । आयोजनाका कामदारहरु फरार युवकको ज्यान सुरक्षित रहेमा ढिलै भएपनि रकम हात लगाउने आशामा छन् । 

लाखौ रकम सहित फरार रहेका युवकले प्रयोग गर्दै आएको मोबाइल स्वीचअफ गरीएको छ । फरार युवक गँहु गोरो बर्णको छन् भने रातो जकेट, कालो प्वाइन्ट, क्यापटोपि र इरीकवाला खैरो जुता लगाएको पारीवारीक स्रोतले बताएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु