Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मतपत्र लामो हुँदा अन्योल

By kit 9 मिनेट पढाइ

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नगरपालिका तथा गाउँपालिकाका उम्मेदवार भोट माग्न गाउँगाउँ छिरेका छन् ।

धेरै लामो समयपछि स्थानीय तहको निर्वाचन हुन लागेकाले नागरिक तहमा उल्लासका साथै अन्योल पनि छाएको छ । मतदान गर्न तयार पारिएको मतपत्र निकै लामो र झन्झटिलो भएका कारण सर्वसाधारणमा मतपत्र बदर हुन सक्ने आशंका पलाएको छ ।

निर्वाचन मनोनयन दर्ताअघि निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम लागू भए पनि प्रभावकारी हुन नसकेको पाइएको छ । ग्रामीण क्षेत्रका जनता मात्रै नभई सहरनजिकका नागरिकसमेत मतपत्र बदर हुन सक्ने आशंकामा छन् ।

मतपत्र निकै लामो हुनुका साथै झुक्किने रहेको सरसस्वती मावि बाजुङका स्थानीय शिक्षक देवबहादुर अखेली बताउँछन् । दुई दशकपछि स्थानीय तहमा निर्वाचन हुँदै छ । जनतामा प्रतिनिधि चुन्ने उत्साह पनि छ’, अखेलीले भने, ‘तर संसदीय चुनावको भन्दा मतपत्र फरक भएको र निकै लामो भएकाले अलमलमा पर्ने खालको छ ।’ मतदाता शिक्षा कार्यक्रममा आउने प्रशिक्षकले सबै ठाउँमा पुगेर प्रभावकारी शिक्षा दिन नसकेको उनको भनाइ छ ।

दुइ नगरपालिका र पाँचा गाउँपालिका भएको जिल्लाको मतदाता संख्या ९९ हजार  ६ सय ७० छ । कम समयमै निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले सबैले स्थानीय तहको निर्वाचनमा मतदान गर्नेबारे राम्रोसँग जानकारी पाउन सकेका छैनन् ।

मतपत्र लामो र अन्योलमा पर्ने भएकाले उम्मेदवार पनि आफ्नो मत बदर हुने आशंकामा रहेका छन् । अधिकांश मतदाता स्थानीय तहमा नयाँ भएकाले मतपत्र बदर हुने शंका रहेको उम्मेदवारहरू बताउँछन् ।

निर्वाचन हुन एक हप्तामात्रै बाँकी रहेको र अझै मतदातामा अन्योल रहेकाले उम्मेदवारहरू मतपत्रसहित मतदानबारे सिकाउन गाउँ छिरेका छन् ।

निर्वाचन हुन एक हप्तामात्रै बाँकी रहेको र मतदातामा मतदान गर्न अन्योल भएकाले उम्मेदवार मतपत्र आफै बोकेर सिकाउन गाउँ छिरेका छन् । उम्मेदावरी दर्ता गरेपछि उम्मेदवारहरू नमुना मतपत्र बोकी गाउँ पसेका हुन् । उम्मेदवारका अन्तिम नामावली प्रकाशन भएपछि आफ्नो पक्षमा भोट माग्न नमुना मतपत्र बोकेर गाउँमा मतदान गर्न उम्मेदवार आफै कस्सिएका हुन् ।

आफूहरूको जितका साथै मत बदर नहोस् भन्ने चाहनाका साथ गाउँ      छिरेको माओवादी केन्द्रबाट कुश्मा नरपालिकामा उपमेयरका उम्मेदवार तारा       रिजाल बताउँछिन् । ‘हामीले हाम्रा नगर विकासका एजेन्डाका साथै मतदान गर्ने तरिका सिकाउन मतदाताको घरदैलो अभियान थालेका छौं’, उनले भनिन्, ‘छोटो समयमै प्रचारप्रसार सम्पन्न गर्नुपर्ने समस्या छँदाछँदै यसपालिको मतपत्र पनि फरक भएकाले मत बदर हुनेमा चिन्ता छ ।

जलजला गाउँपालिकाका बनौका वडा अध्यक्ष गौबहादुर पुन  पनि मतपत्र बोकेरै स्थानीयको घरदैलोमा प्रचारप्रसारमा लागेका छन्  ।मतदाताको घरमा पुगेर आफ्ना एजेन्डा प्रस्तुत गर्दै जितका लागि मतदान गर्न अनुरोध गरेका छन् ।

‘मतदान गरेपछि सुरक्षित रूपमा पट्याएर बाकसमा हाल्नसमेत समस्या देखिन सक्ने खालको मतपत्र छ’ निर्वाचन आयोगले राम्रोसँग मतदानसम्बन्धी शिक्षा नदिँदा मत बदर हुने सम्भावना बढेको हो ।

दुइ नगरपालिका सहित पाँच गाउँपालिका रहेको पर्वतमा ९९ हजार भन्दा बढी मतदाता रहेका छन् भने जसमा ५२ हजार पुरुष र ४७ हजार महिला मतदाता रहेका छन् भने १ हजार ६०८ अपाङ्गगता भएका मतदाता रहेका छन् ।

७४ वटा मतदानस्थल र १३५ वटा मतदान केन्द्र रहेको पर्वतमा १६           राजनीतिक दलहरु रहेका छन् । जिल्लाको मतपत्र लामो र मतदातालाई मतदानका साथै पट्याउनको लागि झन्झटीलो खालको छ । २८ जना उम्मेदवार रहेको मतपत्र निकै लामो र दुइ पाना भएकोले सामान्य लेखपढ गर्ने व्यक्ति मात्रै नभई बौद्धिक बर्ग समेत झुक्किने खालको छ । जसले गर्दा जिल्लामा धेरै मतहरु बदर हुने आशंका गर्न थालिएको छ ।