बैशाख २६, दाङ । दाङमा रुखले च्यापेर एकजनाको ज्यान गएको छ ।

रुखले च्यापेर तुलसीपुर उपमहानगरपालिका–४ मजुवाका ६६ वर्षीय दलबहादुर वलीको मंगबार ज्यान गएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार स्थानीयवासीले मंगलबार बिहान आफ्नै बारीमा काटेर ढाल्न लागेको रुखको दृश्य हेर्न पुगेका वली रुख ढल्दा च्यापिएर गम्भीर घाइते भएकामा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

वलीको टाउकामा गम्भीर चोट लागेको अस्पतालले जनाएको छ ।