2026-09-18 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

हाम्रो घर जाने दैजी–बेल्डाडी सडक कहिले कालोपत्रे ?

विमल धामी । कार्तिक १५, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका १४ भूडाका स्थानिय तथा नेपाली काँग्रेसका सकृय कार्यकर्ता शंकर दत्त जोशी आईतबार ढाकाँटोपी अस्कोटमा सजिएर बिहान नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्र प्रशाद बडूको घरमा पुगे ।

महेन्द्रनगर कटानमा रहेको प्रवक्ता बडूको घरमा जोशी पुगे । घरयासी कामले कञ्चनपुर पुगेका प्रवक्ता बडूलाई भेट्न काँग्रेस नेता÷कार्यकर्ताहरुले उहाँको निवास आएका थिए । अन्य काँग्रेस कार्यकर्ताहरुले देशको समसामयिक राजनितिक र पार्टीको बारेमा छलफल गरेर आ–आफ्नो घरतर्फ लागे तर, बेलौरीका काँग्रेस नेता जोशीले भने, राजनितिक भन्दा आफ्नो गाँउघर जाने सडक बारेमा प्रवक्तासंग दुखेसो पोख्नुभयो । ‘नेता ज्यूँ कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने दैजी–बेल्डाँडी सडक कालोपत्रे हुन नसक्दा हामीहरु अत्यधिक मारमा परेका छौँ ।’, उनले भने ।

‘हालै सम्पन्न संविधान सभा निर्वाचनमा आफ्नै पार्टीको उमेद्बारले जितेपछि दक्षिणीका आम नागरिकहरुमा सडक बन्ने आशा पनि थियो ।’ हाम्रो सरकारका पालमा पनि कुनै पहल नभएका कारण आज हामीहरु उक्त सडकमा यात्रा गर्नु खुकुरीको धार जस्तै भएको प्रसङ्ग कोट्याउदै सो सडक कालोपत्रे गर्नका लागि काँग्रेस केन्द्रबाट पहल गरिदिन आग्रह गरे ।

उक्त सडक कालोपत्रे गर्नुपर्ने जनताको आवश्यता भएपनि कुनै पनि सरकाले सडक कालोपत्रे नगरेको भन्दै आफ्नो सरकारका पालामा कालोपत्रे हुने आशा थियो, तर टुट्ेको उनको शंका छ । काँग्रेस सरकारका पालामा उक्त सडक कालोपत्रे भए जनलहर पनि काँग्रेस तिरै हुने उनको सुझाव थियो । ‘अब राजनितिक गर्नु छ, भने जनतालाई भाषण भन्दा पनि सुविधा दिनुपर्छ ।’, उनले भने ‘तब मात्रै जनता नेता र पार्टीप्रति विश्वस्त हुन्छन् ।’

कच्ची सडक भएका कारण दक्षिणी क्षेत्रका जनताहरुलाई आवत–जावतमा निकै समस्या रहेको पिडा पोख्दै जोशीले बर्षातका बेला सडक बन्द नै हुने गुनासो गरे । पूर्वपश्चिम राजमार्ग दैजी देखि बेल्डाँडी सम्म १८किलोमिटर मात्रै लामो रहेको उक्त सडकको १०किलोमिटर मात्रै सर्वे भएको छ । डिभिजन सडक कार्यालय कञ्चनपुरले गत वर्ष सर्वे गरेको सडकमा कुनै पनि काम गरेको छैन् । सडकको चरम लार्पवाहीका कारण पनि सडक जस्ताको त्यस्तै रहेको नेताहरुको भनाई छ । सडक कालोपत्रे हुन नसक्दा दक्षिणी क्षेत्रको कृषि,औद्योगिक,व्यवसायिक लगायत क्षेत्रको विकासमा बाधा पुगेको छ । भने, समग्र जिल्लाको विकासमा समेत असर पुगेको नेता जोशीको भनाई छ ।

यस्तै भेटघाटका क्र्ममा काँग्रेस कञ्चनपुरका नेता गोपाल गुरुङ्गले बेल्डाँडी सडकखण्ड लगायत समग्र जिल्लाका सडक कालोपत्रे गर्ने बारे जानकारी गराउदै प्रवक्ता बडूलाई जिल्लाका हात्ति पीडितहरुको क्षतिपूर्तिका लागि पहल गरिदिन अनुरोध गरेका छन् । उहाँका अनुसार पूर्नवास ७०, त्रिभुबनबस्ती १२०, बाईसेविचुवा ४००, शंकरपुर ९०, देखतभूली १००, कृष्णपुर ७५, रैकबार विचुवा ८० जना कृषकहरुको अन्नबाली नष्ट गरिदिएको बताए ।

‘हजारौँ कृषकहरुको बर्षभरी खानेबालीको नष्ट गरेपनि सरकारले हालसम्म क्षतिपूर्ती दिएको छैन् ।’, उनले भने ‘हात्तीले लाखौँको क्षति गरेको छ, तर १० हजार मात्रै क्षतिपूर्ती दिने व्यवस्था छ ।’ सरकारी ऐनले यस क्षेत्रका कृषकहरु राहत पाउनबाट बञ्चित भएको भन्दै उचित क्षतिपूर्तिका लागि केन्द्रबाट पहल गरिदिन उहाँले आग्रह गर्नुभयो । भेटघाटका क्र्ममा नेवि संघका केन्द्रीय सदस्य विष्णू दत्त जोशीले प्रवक्ता बडूलाई सुदुरका शैक्षिक मुद्दा र विकास बारे गम्भिर हुन आग्रह गर्नुभयो ।

राज्यबाट दुर्गम रहेको सुदूरका पहाडी जिल्ला लगायत यस क्षेत्रमा शैक्षिक समस्या रहेको भन्दै पार्टीका तर्फबाट विषेश पहल गर्नुपर्नेमा जोडदिए । भेटघाटमा प्रवक्ता बडूले सुदूरका स्थानिय समस्या बारे आफु गम्भिर भएको भन्दै समाधानका लागि आवश्यक पहल गर्ने आवश्वासन दिनुभयो । प्रवक्ता बडूले विकास निर्माणका लागि सरकारी निकायसंग समन्वय गर्न समेत कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई