चुनावी प्रचारप्रसारले राजनीतिक दलहरुलाई छोएता पनि मतदान कसरी गर्ने भन्ने बारेमा मतदातानै अन्योलमा छन् । भोट माग्नको लागि सवै राजनीतिक दलहरु घरदैलामा आउँछन तर कसरी मतदान गर्ने, कति ठाउँमा छाप लगाउने र कति उम्मेदवारले उम्मेदवारी द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चुनावी प्रचारप्रसारले राजनीतिक दलहरुलाई छोएता पनि मतदान कसरी गर्ने भन्ने बारेमा मतदातानै अन्योलमा छन् । भोट माग्नको लागि सवै राजनीतिक दलहरु घरदैलामा आउँछन तर कसरी मतदान गर्ने, कति ठाउँमा छाप लगाउने र कति उम्मेदवारले उम्मेदवारी द"/>
२०८३, ८ बैशाख मंगलवार
पर्बत - PBT

मतदाता शिक्षा दिन गाउँमा कोहि पुगेनन्

२०७४, २७ बैशाख बुधबार ०४:४०

बैशाख २७, पर्बत । चुनावी प्रचारप्रसारले राजनीतिक दलहरुलाई छोएता पनि मतदान कसरी गर्ने भन्ने बारेमा मतदातानै अन्योलमा छन् ।

भोट माग्नको लागि सवै राजनीतिक दलहरु घरदैलामा आउँछन तर कसरी मतदान गर्ने, कति ठाउँमा छाप लगाउने र कति उम्मेदवारले उम्मेदवारी दिएका छन् जगाएतका विषयमा राजनीतिक दलहरुले जानकारी दिन सकेका छैनन भने मतदाता शिक्षाको लागि खटिएका कर्मचारी पनि घरदैलामा पुग्न सकेका छैन ।

घरदैलोमा मतदाता शिक्षा लिएर जानुपर्ने कर्मचारी होटल, बाटो, चौतारी तथा विद्यालय वरपरका ठाउँहरुमा मतदान गर्ने तरीकाका पोष्टर टाँसेर आफ्नो जिम्मेवारी पुरा गरेका छन् तर मतदातालाई भने अझै पनि अन्योलता कायमनै छ मतदान कसरी गर्ने भन्ने बारे । फलेबास नगरपालिका–१ कार्कीनेटाकी कृष्णा श्रेष्ठको घरमा एमाले, कांग्रेस र राप्रपा तीनै पार्टीका झन्डा फहराइरहेका छन् । 

होटल व्यवसायी उनको भोट आफ्नै पार्टीमा तान्न सबैले झन्डा टाँगिदिए पनि मतपत्रमा छाप हान्ने तरिका भने कसैले सिकाएका छैनन् । ‘सबैले हामीलाई भोट दिनु भन्छन् खाजा खाएर जान्छन् होटलको भान्सामा व्यस्त उनले भनिन्, ‘कसरी, कति ठाउँमा छाप हान्ने, मतपत्रको आकार, चुनाव चिह्नबारे कसैले सिकाउँदैनन् ।’

नजिकैका अर्जुन पौडेलको      टहरामा पनि तीनै पार्टीका झन्डा छन् । इलेक्ट्रोनिक व्यवसाय सञ्चालक उनलाई पनि सबैले आफ्नै पार्टीका ठानेर झन्डा राखिदिएका हुन् । ‘

म व्यवसाय गर्ने मान्छे, सबै आएर झन्डा राखौं भनेपछि कसरी नाइँ भन्नु ?,’ उनले भने, ‘तीन दिन भयो, धेरै पार्टीका मान्छे हूलका हूल आउन थालेका छन् । भोट दिने त झन्डाले होइन, मतदाताले हो ।’ आएजति सबैले ‘हाम्रो पार्टीलाई भोट दिनुहोला’ भन्ने गरेको उनले बताए । 

नेता, कार्यकर्ताले मतदातालाई मतदान गर्ने, मतपत्र पट्याएर मतपेटिकामा राख्ने, स्वस्तिक छापको प्रयोगलगायत तरिका भने जानकारी गराएका छैनन् । 

दुई वर्षअघिको भूकम्पले चर्किएको घर गत वर्षको पहिरोले ढालेपछि एक वर्ष भैंसीगोठमा बिताएका तिलकराम पौडेलको परिवार अहिले ऋण खोजेर नयाँ बास बनाउन व्यस्त छ । उनी बस्दै आएको गोठमा पनि कांग्रेस र एमालेका झन्डा फहराइरहेका छन् । दिउँसोको समय गोठभन्दा अलि पर घर बनाउनै व्यस्त हुने भएकाले उनीसँग भोट माग्न भने कोही पुगेका छैनन् । ‘हामीलाई विपत् पर्दा कसैले ढाडस दिएन, अहिलेचाहिँ उनीहरूलाई हामी चाहिने ?,’ पौडेलले दुस्खेसो पोखे ।

फलेबास–३ खल्डाँडाका नारायणदत्त भुसाल सुर्कामा मकै गोडदै थिए । कच्ची मोटरबाटो आडैको उनको घरमा एमालेको झन्डा टाँगिएको छ । चुनावी चटारो बढेसँगै घर नजिकैबाट हूलका हूल हुइँकिने मोटरसाइकल र महिन्द्रा जिपको धूलो मुखैमा आएर बसिसाध्य हुँदैन ।

गाडीबाटै नेताहरू उनलाई हात जोड्दै अघि बढ्छन् । भुसाललाई भने नमस्कार फर्काउने मनै छैन । उनले आक्रोश पोखे, ‘चुनावभरि खुट्टैमा ढोग्नेजस्तो गर्छन्, जितेर गएपछि हामीले नमस्कार गर्दा पनि मुन्टो बटार्दै हिँड्छन् ।’ अघिल्लो संविधानसभा निर्वाचनमा गाउँमा खानेपानीको सपना देखाएर मत लिएका नेताले जितेपछि वास्तै नगरेकामा भुसाललाई असाध्यै रिस उठेको रहेछ ।

बिरौटाका विष्णुप्रसाद भुसाल पाँच खेतालासहित नजिकैको बारीमा मकै गोड्दै थिए ।

चुनावी व्यस्तताकै कारण उनका दुई छोरा सातादेखि घरमै छैनन् । तर, भुसाल चुनावले तत्कालै केही दिँदैन भन्नेमा ढुक्क छन् । ‘जसलाई जिताए पनि हाम्रा दुस्ख कहीं जाँदैनन्,’ उनले आक्रोश पोखे, ‘केटाहरूलाई विदेशै नपठाई हुँदैन, चुनावका बेला ठूल्ठूला आश्वासन दिन्छन्, त्यसपछि उनैका आसेपासे पोस्ने मात्रै हुन् ।’

दुई दशकपछि हुन लागेको स्थानीय तह चुनावले गाउँमै सरकारको अनुभूति गराउने भनिए पनि नेता पुरानै प्रवृत्तिका रहेकाले विकास हुनेमा स्थानीयलाई पटक्कै विश्वास छैन । ‘चुनावका बेला चिप्ला कुराभन्दा उम्मेदवारको व्यक्तित्व हेरेर भोट हालिन्छ,’ साताअघि मलेसियाबाट आएका सुरेश भुसालले भने, ‘नेतालाई देशको चिन्ता भइदिए हामी किन खाडी हानिनुपथ्र्यो र ?’

बढ्यो व्यस्तता

मतदानको मिति नजिकिँदै जाँदा उम्मेदवारहरूले प्रचारप्रसारलाई गाउँकेन्द्रित गरेका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दलका उम्मेदवार गाउँमै व्यस्त हुन थालेका हुन् । उम्मेदवारहरू गाउँगाउँमा जान थालेका छन् । । मतदातासमेत गाउँ फर्किने क्रम बढेको छ । कुश्मा बजारमा पनि चुनावी चहलपहल निकै बढेको छ । 

शीर्ष तीन राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादीले कुश्मा बजारलाई निकै संगितमय बनाएका छन् । स्थानीय प्रशासनले राजनीतिक दलहरुलाई चुनावी प्रचारप्रसारको लागि समय अबधी नतोकेले बजारमा ध्वनि प्रदुुषण भैराखेको छ । एकै पटक राजनीतिक दलहरुको चुनावी प्रचारप्रसा र शक्ति प्रदर्शनले कुश्मा बजारमा चुनावी कोलाहल सिर्जना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ