2026-06-19 05:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा मुद्दाहरु मिलापत्र गरेर अवैध रकम असुल्छन प्रहरी

भाष्कर के.सी/कात्तिक १६, कञ्चनपुर । मुद्दाहरु मिलापत्र गरेर अवैध रुपमा पैशा अशुल्न पल्केका प्रहरी संगठन भित्रका केही प्रहरीहरुले मुद्दाका प्रमाण नष्ट गर्न निकै अघि छन् ।

शुरुवात देखि नै मुद्दा फितलो बनाएर । आफु अनुकुल मिसिल बनाएर अशुल्न पल्केका प्रहरीले कञ्चनपुरका पत्रकार घटनामा समेत चरम लापरबाही गरेको भेटिएको छ ।

कञ्चनपुर प्रहरीले पत्रकार कुटपिटको घटनाको मुद्दा कमजोर बनाई विपक्षीबाट अवैध पैशा अशुल्न प्रमाण नष्ट गरेको रहस्य भेटिएको हो । साउन १८ गते गोबरैया स्थिती रहेको एक होटेलमा भएको कुटपिटमा घाईते भएका कञ्चनपुरका तिन पत्रकार सहित चार जनाको प्रमाण नष्ट गर्न प्रहरी हदैसम्म लागेको देखिएको छ ।

घटनाका पीडित पत्रकार ज्ञानेन्द्र महताले आईतबार रेडियो राष्ट्रियमा गरेको पत्रकार सम्मेलनमा आफुहरुका बिरुद्धमा प्रहरीले प्रमाण नष्ट गर्ने र लुकाउने काम गरेको दावि गरेका छन् ।

पत्रकार महताले मुद्दा फितलो बनाएर विपक्षीबाट अवैध पैशा अशुल्न प्रहरीले प्रमाण लुकाएर प्रहरी संगठनको बदनाम गराउने काम गरेको विश्लेषण गरे । ‘पत्रकारको मुद्दाको विषयमा प्रहरीले प्रमाण लुकाउँछ, भने सर्वसाधारणको मुद्दामा के गर्ला बुझ्नुहोस ।’, उनले भने । ‘प्रहरीको यस्तो गलत कार्यले आम नागरिकहरुले कसरी न्याय पाउँलान् ।’ जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले असोज १५ गते पत्रकार ज्ञानेन्द्र महताको नाउमा काटेको पत्रमा कार्तिक ११ गते प्रशासनमा जाहेरी तथा प्रमाण खण्डका व्यक्तिहरुलाई उपस्थित गराईदिने पत्र काटेर जिल्ला प्रहरीलाई पठाए पनि जिल्ला प्रहरीले वडा, वडाले पुष्पलाल चोकको अस्थायी प्रहरी विटमा बुझायो । अस्थायी विटले उक्त चिठी महतालाई बुझाउनुको साटो आफ्नो फायलमा थन्क्यायो । प्रहरीले यसरी पत्रकारकै मुद्दामा प्रमाण नष्ट गर्न षडयन्त्र गरेपछि पत्रकार प्रहरीप्रति शंसकित भएका छन् ।

पत्रकार महताको घर जिल्ला प्रहरी कार्यालयबाट झण्डै एक सय मिटर दुरीमा रहेपनि प्रहरीले उनलाई बुझाउनुको साटो चिठी हराउनका लागि यस्तो गरेको हो । अस्थायी प्रहरी पुष्पलाल विटका इन्चार्ज प्रहरी सहायक निरिक्षक गणेश धामीले उक्त पत्रबारे आफुलाई थाहा भएको र विटका प्रहरी जवानहरुले उक्त पत्र पाएपछि फाईलमा राखेको बताए ।

सम्बन्धीत व्यक्तिहरुलाई उक्त पत्रबारे जानकारी नगराएको उनले स्वीकार गरे । बजार अनुगमनको विषयमा जिल्ला प्रशासनले के गर्दै छ ? भनेर सोधपुछका क्र्ममा आफ्नो मुद्दा बारे त्यहाँ पुगेपछि मात्रै थाहा भएको पत्रकार महताले जानकारी दिए । मैले बुझ्दै जाँदा हामीहरुका बिरुद्धमा प्रहरीले प्रमाण नष्ट गर्न लागि परेको घटना क्र्मबाटै पुष्टी भएको पत्रकार महताको विश्लेषण छ । यस बारेमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक किशोर कुमार दाहालले पत्रकारको चिठी लुकाएको बारे आफुले संगठन भित्र बुझ्ने बताउदै, दोसी भेटिए कार्बाही गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग