Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चुनाव प्रचार-प्रसारमा गएको जिप दुर्घटना हुँदा १२ घाइते

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>बैशाख २८, चौतारा |</b> चुनाव प्रचारमा गएको राप्रपा कार्यकर्ता सवार बा १६ च ५२७१ नंको जिप सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ ज्यामिरेमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।&nbsp;<br></p><p>बुधबार बेलुका भएको सो दुर्घटनामा ६ जनालाई उपचारका लागि राजधानी लगिएकोमा चारजना डिस्चार्ज भएको र अन्य दुईजना त्रिविवि शिक्षण अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गानाले बताउनुभयो ।&nbsp;</p><p>दुर्घटनामा पाँचपोखरी थाङपाल गाउँपालिका–८ निवासी दलित महिला सदस्य उम्मेदवार अम्बिका परियार र ७० वर्षीय नर्वे तामाङ पनि घाइते भएको प्रहरीले जनाएको छ । रासस&nbsp;</p>