बैशाख २८, डोटी | डोटीको शिखर नगरपालिका–८ तिलतालीमा बाढी आउँदा ३२ घरधुरीमा क्षति पुगेको छ । बस्ती माथिबाट बगेको खहरे खोलाले ढुङ्गामाटो तथा रूख बगाएर ल्याएपछि खोलाले धार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २८, डोटी | डोटीको शिखर नगरपालिका–८ तिलतालीमा बाढी आउँदा ३२ घरधुरीमा क्षति पुगेको छ । बस्ती माथिबाट बगेको खहरे खोलाले ढुङ्गामाटो तथा रूख बगाएर ल्याएपछि खोलाले धार "/>
२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा बाढीका कारण ३२ घरधुरीमा क्षति, १९ परिवार विस्थापित

२०७४, २८ बैशाख बिहीबार ०६:१६

बैशाख २८, डोटी | डोटीको शिखर नगरपालिका–८ तिलतालीमा बाढी आउँदा ३२ घरधुरीमा क्षति पुगेको छ । बस्ती माथिबाट बगेको खहरे खोलाले ढुङ्गामाटो तथा रूख बगाएर ल्याएपछि खोलाले धार परिवर्तन गरी गाउँमा पसेपछि सो क्षति भएको हो । 

बुधबार साँझ करिब ४ः३० बजेदेखि सुरु भएको भारी वर्षापछिको बाढी गाउँमा पसेपछि स्थानीय बासिन्दाको भागाभाग भएको थियो । बाढीले मानवीय क्षति नगरे पनि १९ घरपरिवार विस्थापित भएका छन् । घरभित्र पसेको बाढीले घरभित्र रहेका लत्ताकपडा, अन्न बगाएको र केही चौपाया र एउटा पोल्ट्री फार्म पनि बगाएको स्थानीयवासीले बताए । बाढीले स्थानीयवासीको खेतीयोग्य जमिनमा पनि ठूलो क्षति पुर्याएको छ । 

गत वर्ष मनसुन सुरु हुनुअगावै जेठ २२ र २६ गते अकस्मात आएको बाढीले त्यस क्षेत्रमा रहेको दलित बस्तीमा क्षति पुर्याएको थियो । 

“पोहोरको बाढीपछि आफूहरुले सम्बन्धित निकाय सबैलाई जानकारी गराउँदा पनि आरडिएससीको अनुकूलन परियोजनाबाहेक अन्य ठाउँबाट कुनै किसिमको सहयोग प्राप्त भएन,” स्थानीय बाढीपीडित सङ्घर्ष समितिका अध्यक्ष भक्तबहादुर बलायरले भन्नुभयो, “जोखिम न्यूनीकरणका लागि कसैले चासो देखाएन ।” 

स्थानीयवासीले हिउँद लागेपछि मात्र चैनको श्वास लिए । उनीहरुको चैन फेरि हराएको छ । बुधबार आएको बाढीले ठूल्ठूला ढुङ्गा, माटोसहित गाउँ पसेको बाढीले गाउँलाई बगरमा परिणत गरेको छ । 

डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज बिष्टले भन्नुभयो, “उद्धारपछि तत्कालका लागि खतरा टरेपनि पानी पर्दा फेरि खतरा बढ्छ, त्यसैले यसलाई दीर्घकालीनरुपमा समाधान गर्नु पर्छ ।” 

“एकाएक फेरि भूतझैँ बाढी गाउँमा पस्यो,” स्थानीयवासी चन्द्रा बलायरले भनिन्, “भागाभाग गरेर ज्यान जोगायौँ ।” बाढीले गाउँमा ठूल्ठूला ढुङ्गा, माटो र बालुवा ल्याएर जम्मा पारिदिएको छ, जसले घरका आँगन बगर बनेका छन् । खेतमा पूरै ढुङ्गा र बालुवा भरिएको छ । 

दर्जनौँ घरभित्र पानी पसेको छ, जसले करिब दर्जन घरपरिवार विस्थापित भएका छन् । विस्थापितहरु ग्रामीण विकास सेवा केन्द्रको जडीबुटी प्रशोधन केन्द्र भवन र स्थानीय आफन्तका घरमा आश्रय लिएर बसेका छन् । 

घटना घटेसँगै जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज बिष्ट नेतृत्वको प्रहरी तथा सशस्त्र प्रहरीको टोली उद्धारका लागि परिचालित भएको थियो । यसबाहेक नेपाल रेडक्रसको टोली पनि घटनास्थलमा पुगेर त्रिपाल र कम्बल प्रदान गर्दै उद्धार कार्यमा जुटेको थियो । रासस 

- फाइल तश्विर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ