२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीमा दुर्घटनामा परि एकको मृत्यु, तीन घाइते

२०७४, २८ बैशाख बिहीबार ०६:२९

बैशाख २८, राजविराज | पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–७मा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक व्यक्तिको आज मृत्यु भएको छ । 

मृत्यु हुनेमा सप्तरीकै डाक्नेश्वरी नगरपालिका–१० बस्ने २४ वर्षीय जगनाथ चौधरी रहेको प्रहरीले जनाएको छ । 

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स१त २०८४ नंको ट्र्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको स७प ७९०० नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

ठक्करबाट गम्भीर घाइते चौधरीलाई उपचारका लागि लहानस्थित एक अस्पतालमा भर्ना गरे पनि उपचारका क्रममा आज मृत्यु भएको इप्रका, कल्याणपुरले जनाएको छ । 

यता ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै सप्तरीकै सुरुङ्गा नगरपालिका–१ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । 

गाईघाट–कदमाहा सडकखण्डअन्तर्गत पर्ने सो ठाउँमा गाईघाटबाट लहानतर्फ जाँदै गरेको अन टेस्ट मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो । 

घाइते हुनेमा मोटरसाइकल चालक सुरुङगा नगरपालिका–१ बस्ने सुलेन्द्रराम मोटरसाइकलको पछाडि सवार सुरेन्द्र राम र चन्द्रजित राम रहेका छन् । 

उनीहरुको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको इप्रका, भेडियाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक