मोहम्मद ईजहार शेष/बैशाष २८, नवलपरासी । ईस्लाम धर्मावलम्बीको एक मह्त्वपुर्ण पर्व शबे बरात ( शोबरात ) बैशाष २८ गते आज ईस्लामिक रितिरिवाज सहित धुमधामले मनाईदै छ । ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मोहम्मद ईजहार शेष/बैशाष २८, नवलपरासी । ईस्लाम धर्मावलम्बीको एक मह्त्वपुर्ण पर्व शबे बरात ( शोबरात ) बैशाष २८ गते आज ईस्लामिक रितिरिवाज सहित धुमधामले मनाईदै छ । ह"/>
२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

आज शबेबरात पर्व, अब सुरु भयो ईस्लामिक त्योहार

२०७४, २८ बैशाख बिहीबार १०:४४

मोहम्मद ईजहार शेष/बैशाष २८, नवलपरासी । ईस्लाम धर्मावलम्बीको एक मह्त्वपुर्ण पर्व शबे बरात ( शोबरात ) बैशाष २८ गते आज ईस्लामिक रितिरिवाज सहित धुमधामले मनाईदै छ । हिजरी क्यालेन्डर अनुसार हरेक वर्ष शहबान महिनाको १४ तारिखका दिन सुर्यास्त पछि मनाईने यो पर्वको बिशेष महत्व रहेको धार्मिक ग्रन्थहरुमा उल्लेख छ । 

उर्दुमा शबेको अर्थ रात र बरातको अर्थ बरी अर्थात आजादीको रुपमा लिईएको छ । सहबान महिनालाई अत्यन्त मह्त्वपुर्ण महिना मानिन्छ भने यसै महिना अर्थात मईवाट ईस्लामिक चाँड पर्व सुरु हुन्छ । रमजान , ईदुल अजहा , ईदुल फित्र , मोहर्ररम  , रबिउल अव्वल लगायतका ईस्लामिक पर्वहरु यसै महिनावाट सुरु हुन्छन् । 

जसमध्ये शबे बरात पनि एक मह्त्वपुण पर्व हो । यस पर्वलाई सर्वसाधरणले शोबरात समेत भन्ने गरेका छन् । ईस्लाम धर्मका संरक्षक रसुल अल्लाहो ताला अलैहे वसल्लमका शहाबी – निकट ) हजरते वैश करनी रदि अल्लाहो ताला अन्होको यादमा शबे बरात पर्व मनाउने गरिन्छ । ईस्लाम धर्मका पैगम्बर हजरत मोहम्मद सल् अल्लाहो अलैहे ओसल्लमको महिना भनेर पनि बिभिन्न धार्मिक ग्रन्थहरुमा प्रशंसा गरीएको छ । शबे बरातपछि एक महिने पर्व रमजान अर्थात एक महिने ब्रतको तयारी सुरु हुन्छ ।

शबेबरातलाई मध्यनजर गर्दै मुस्लिम धर्मावलम्बीहरुले मस्जिद , कबरीस्तान , मदरसा , आ आफ्नो घर , धार्मिक प्रतिष्ठानको सरसफाई गर्न सुरु गरेका छन् । ईस्लाम धर्म मान्ने मुस्लिमहरुको लागि यो पर्व अतयन्त फजिलत – महिमा ) को पर्व मानिन्छ भने यो दिन अल्लाहको ईबादत गरी प्रसन्न गरेमा विभिन्न गुनाह – पाप) बाट मुक्ति हुने जनविश्वास छ । 

शबे बरातका दिन मुस्लिम धर्मावलम्बीहरु चोखो भई दिनभरी धार्मिक पुजा अर्चन गर्ने गर्दछन् भने खासगरी मुस्लिम महिलाहरु एक दिन वा दुई दिन रोजा – ब्रत ) बस्ने चलन रहेको छ । यसै रातमा ईस्लाम धर्मावलम्बीको प्रमुख ग्रन्थ कुरान शरीफ पनि बनाईएको विभिन्न ग्रन्थहरुमा उल्लेख छ । यो पर्व अर्थात शबे बरातको रात ( १५ शहबान ) बिहिवारको रातको मुस्लिमहरुले बितेको वर्षमा गरेको विभिन्न कार्यको लेखाजोख गर्ने र आउने वर्षका लागि विभिन्न धार्मिक योजना बनाउन यो पर्व अत्ति उत्तम मानिन्छ ।

नरम मिठाई शबे बरातमा उचित

यस पर्वमा हरेक मुस्लिम धर्मावलम्बीको घर हलुवाका बिभिन्न नरम परीकारहरुको मिठाई बनाउने गरीन्छ भेन साँझ फातिया गरी आ आफ्नो समुदायमा बाडेर खाने चलन छ । तत्पश्चात मुस्लिमहरुले कबरीस्तान , मस्जिद , मदरसा लगायतका धार्मिक प्रतिष्ठानमा गई प्रार्थन गर्ने गर्दैछन् । धार्मिक प्रतिष्ठनामा गई दिवंगत भएका ब्यक्तिहरुको रक्षा र कल्याणका लागि कामना गर्ने गरीन्छ भने सोही दिनवाट वर्षभरि गर्ने कार्यको थालनीको सफलताका लागि प्रार्थना पनि गरीन्छ । 

यो पर्वको बिशेष रातमा सच्चा हृद्यले गरीने भाकल समेत पुरा हुने बताईन्छ भने पाप मोचनका लागि तोबा समेत गर्ने गरीएको छ । यो पर्वका अवसरमा बिभिन्न धार्मिक प्रतिष्ठानहरुमा धार्मिक पर्वचन अर्थात मिलादको पनि आयोजना हुदै आएको रामग्राम नगरपालिका स्थित पाडाटिकरका मौलाना माहरम अलि नेजामिले बताउनु भयो । यो पर्वका दिन गरीने विभिन्न धार्मिका कार्यको सिलसिला बिहान फज्रको नमाज सम्म जारी रह्ने गर्दछ । 

यो दिनमा अधिकांस धर्म गुरु र ईस्लामिक समर्थकहरुले रातभरी धार्मिक कार्यमा ब्यस्त हुने गर्दछन् । धार्मिक कार्य अन्तर्गत कुरान सरिफको तिलावत , नफिल वा तहजुदको नमाज र अन्य प्रार्थनाहरुलाई बिशेष गरी गर्ने गरीन्छ । शबे बरातका दिन कुरान शरिफको आयतवाट शुर्ह एख्लास कुल हु अल्लाहो अहद , अल्लाहुस्मद , लम यिलद वलम युलद वमा कुंल्लहु कुफवन अहद भन्ने दुवा पढेमा सबै भन्दा धेरै पुन्य हुने धार्मिक विश्वास रहेको छ ।

यो पर्व नेपाल भारत, पाकिस्तान, बांग्लादेश, ईरान, अफगानिस्तान लगायतका मुस्लिम राष्ट्रहरुमा धार्मिक विधि पुर्वक मनाईन्छ भने खाडि देशहरुमा यो पर्वलाई लैलतुल बराह वा लयलतुन निसफे मीन शहबानको नामवाट पनि मनाईन्छ ।

यस्तै अरबी महिनाको शहबान २७ तारिखपनि ईस्लाम धर्मका लागि अत्यन्तै मह्त्वपुर्ण महिना मानिन्छ । यो दिनलाई लैलतुल कद्रको रातपनि भनिन्छ । यो बिशेष दिनमा शुरह कद्र पढ्नु अत्ति उत्तम मानिन्छ । उक्त दुवा अर्बिमा यस प्रकारले रहेको छ । ईन्ना अन्जल्नाहु फि लैलतुल कद्र , वमा अद्राक मा लैलतुल कद्र । लैलतुल कद्री खैरुम् मिन् अल्फे सहरे , तन्जल्लुल मलाईकतु वर्रुहु फिहा बेईज्नी रब्बीहिम मिन् कुल्लीन अम्रीन् । सलामुन् हिया हत्ता मत् लैल फज्र । 

शहबान २७ का दिनपनि मुस्लिम धर्मावलम्बीहरु चोखो भई धार्मिक काममा ब्यस्त हुन्छन् भने त्यसपछि रमजानको तयारी अन्तिम चरणमा पुगेको हुन्छ । शबे बरातवाट सुरु हुने सवै पर्वले धार्मिक सद्भाव कायम गर्न सफल होस , सम्पुर्णमा त्योहार मोबारक ( शुभकामना ) । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ