कविता उपाध्याय/बैशाख २९, रोल्पा । नेपाल पत्रकार महासंघ रोल्पाको अध्यक्षमा महेश न्यौपाने र मानसिंह विक निर्वाचित हुनुभएको छ । 

अध्यक्षका दुवै "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कविता उपाध्याय/बैशाख २९, रोल्पा । नेपाल पत्रकार महासंघ रोल्पाको अध्यक्षमा महेश न्यौपाने र मानसिंह विक निर्वाचित हुनुभएको छ । 

अध्यक्षका दुवै "/>

2026-09-19 05:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

पत्रकार महासंघ रोल्पामा दुई अध्यक्ष निर्वाचित


कविता उपाध्याय/बैशाख २९, रोल्पा । नेपाल पत्रकार महासंघ रोल्पाको अध्यक्षमा महेश न्यौपाने र मानसिंह विक निर्वाचित हुनुभएको छ । 

अध्यक्षका दुवै उमेदवारले बराबर ५०/५० मत प्राप्त गरेपछि दुइजना अध्यक्ष निर्वाचित भएको निर्वाचन समितिका मूख्य निर्वाचन अधिकृत कर्णबहादुर बाँठामगरले जानकारी दिनुभयो । उहाँका अनुसार उहाँहरु दुबै जनाले बराबर  मत प्राप्त गरेको हुँदा गोलाप्रथाद्वारा पालैपालो साढे एक साढे एक वर्षको अवधिका लागि दुबै जनालाई अध्यक्षको जिम्मेवारी बाँड्फाँड गरिएको छ  । पहिलो साढे एक वर्षको पालो विकंलाई परेको छ भने पछिल्लो साढे एक वर्षको पालो न्यौपानेलाई परेको बाँठामगरले जानकारी दिनुभयो । 

यसैगरी महासंघका  अन्य पदाधिकारीहरुमा खुला उपाध्यक्षमा दारासिं डाँगी, महिला उपाध्यक्ष देवी गुरुङ, सचिव जीवन डाँगी, सह सचिव  हर्क घर्तीमगर र कमानसिंह पुन, कोषाध्यक्ष तेजकुमारी विष्ट निर्वाचित हुनुभएको छ भने सदस्यहरुमा अञ्जुली बाँठामगर, चित्रबहादुर झाँक्री, जमानसिंह विक, ऋषिकेश डाँगी, पान्डव दशौंदी, प्रतिभा श्रेष्ठ, बमकुमारी पुनमगर, मीना थापा र लोकेन्द्र सेन निर्वाचित हुनुभएको छ ।  यस्तै केन्द्रिय सभासद्मा ११ जना र ५ नं प्रदेश सभासद्मा १५ जना निर्वाचित  भएको निर्वाचन मण्डलले जनाएको छ ।  यस्तै केन्द्रिय सभासद्मा मौसम रोका र महेन्द्र रोकाको मत बराबर आएपछि गोला प्रथाद्वारा  मौसम रोका विजयी हुनुभएको छ । 

गत फागुन १२ गते सम्पन्न हुनुपर्ने अधिवेशन केन्द्रिय प्रतिनिधि रोल्पाबाट बेखबर भएपछि रोकिएको थियो । जिल्ला शाखा रोल्पाले सिफारिस नै नगरेका प्रेस सेन्टरका २ जनालाई केन्द्रले नयाँ सदस्यता प्रदान गरेको र जिल्लाबाट सिफारिस नपठाएका सदस्यहरुको पनि केन्द्रबाट नविकरण भएको भन्दै विभिन्न संगठनहरुले अधिवेशन पूर्व आपत्ती जनाएका थिए ।

जसका कारण यसपटक पनि पत्रकार महासंघको अधिवेशनको समयावधी लम्बीएको थियो । पछिल्लो पटक पनि बैशाख २४ गतेबाट शुरुभएको अधिवेशन २५ गतेमात्र सम्पन्न भएको हो । २६ गते नव निर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् । अध्यक्षमा दुवै जनाको मत बराबर भए पनि कार्यसमिति पदाधिकारी, प्रदेश सभासद र केन्द्रीय सभासदमा न्यौपानेको टोली बहुमतले विजयी भएको छ ।

नव निर्वाचित प्रदेश सभासद् प्रहरीको नियन्त्रणमा 

यसैबीच पत्रकार महासंघ रोल्पाका नवनिर्वाचित ५ नं प्रदेश सभासद पुस्तमन घर्तीमगरलाई प्रहरीले लिबाङबाट पक्राउ गरेको छ । 

स्थानीय तह निर्वाचनको विरोधका गतिविधिमा संलग्न भएको आरोपमा उहाँलाई मंगलबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ । विजय उत्सव मनाउने तयारी भइरहेका बेला उहाँलाई पक्राउ गरेको भन्दै पत्रकारहरुले खेद प्रकट गरेका छन् । प्रदेश सभासद्मा निर्वाचित भएका घर्तीमगरलाई सपथ ग्रहण नगर्दै प्रहरीले पक्राउ गरेको हो ।  

यस विषयमा नव निर्वाचित अध्यक्ष द्वय न्यौपाने र विक तथा महासंघको अधिवेशनका निर्वाचन समितिका मूख्य निर्वाचन अधिकृत कर्ण बाठा तथा सदस्यहरु अधिवक्ता माधवप्रसाद आचार्य र पत्रकार कुमार शाहले प्रजिअलाई भेटेर पत्रकार घर्तीमगरलाई तत्काल रिहा गर्न माग गरेको जानकारी दिनुभयो । 

यसैवीच नेपाल पत्रकार महासंघ रोल्पाले घर्तीमगरलाई पक्राउ गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस्तै क्रान्तिकारी पत्रकार संगठनले समेत पत्रकार घर्तीलाई तत्काल रिहाई गर्न माग गर्दै विज्ञप्ति सार्वजनिक गरेको छ । 

यता प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्राईले पत्रकार घर्ती नेकपा माओबादीको जिल्ला कार्य समिति सदस्य तथा अखिल  क्रान्तिकारी जिल्ला कमिटि रोल्पाको उपाध्यक्ष पनि भएको र उहाँले विभिन्न स्थानीय तहको निर्वाचन गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ गरिएको बताउनु भएको छ । 

डा. भट्टराईका अनुसार घर्तीमगरलाई सार्वजनिक अपराधको मुद्धा लागेको हुँदा तत्काल नछाडिने बताउनु भयो । भट्टराईका अनुसार यस किसिमको अपराधमा बढीमा २५ दिन सम्म अनुसन्धानका लागि राख्न सकिने प्रावधान छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई