2026-09-19 10:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा प्रेम बिवाहले बालविवाह मुक्त क्षेत्र घोषणा गर्न समस्या

बैशाख २९, डडेल्धुरा । बालबिवाह मुक्त क्षेत्र घोषणा गर्न प्रेम बिवाह समस्याको रुपमा  रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

अजयमेरु गाउँपालीको वडा तिन (साबिकको भद्रपुर गाबिस) मा बालबिवाह न्यनिकारण गर्न आयोजना गरीएको अन्तरपुस्ता बहस कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।  

प्रत्येकको हात–हातमा मोबाईल फोन भएको र फोनमा नै कुरा गरी १८ बर्ष पुरा नभएका युवा, यूवतीहरु बालबिवाह गर्ने भएकाले बालबिवाह रोक्न समस्या भएको कार्यक्रम सहभागी नेकपा एमालेका भद्रपुर ईन्चार्ज खडक गिरीले बताए ।

बाल विवाहको बर्तमान अवस्था, यसको असर र सरकारी नितीका बारेमा सम्बन्धीत  सरोकारवालाहरुलाई जानकारी गराउने, बालबिवाहका कारणहरुको खोजी गरी यसको न्युनिकारणका लागी वडा स्तरिय कार्ययोजना बनाउने उद्देश्ले बहसको आयोजना गरीएको आयोजक जिल्ला शिक्षा कार्यालय डडेल्धुराले जनाएको छ ।

बहसका सहभागी भद्रपुरबासीहरुले २०७५ साल बैशाख मसान्त भित्र अजयमेरु गाउँपालीकाको वडा तिनलाई बाल बिवाह मुक्त क्षेत्र घोषण गर्न बिभीन्न कार्ययोजनाहरु समेत निमार्ण गरेको जनाएको छ ।

जसमा वडा भित्र बालविवाह रोक्न सचेतनामुलक कार्यक्रमहरु: सडक नाटक, बिद्यालयहरुमा बिद्याथीहरुसंग र बिद्यालय ब्यबस्थापन समिती, आमा समुहहरुमा अन्तरक्रिया गर्ने जनाएका छन् । साथै आगामी दिनमा वडाको योजना तर्जुमा गर्दा बालबिवाह मुक्त क्षेत्र घोषणको लागी बिशेष बजेटको माग गर्ने राजनितीक दलहरुले पनी प्रतिबद्धता ब्यक्त गरेको स्थानीय धर्म मल्ले बताएका छन् ।

तिन नम्बंर वडाका वडा सचिब करन बहादुर कामीको अध्यक्ष्तामा सम्पन्न भएको कार्यक्रममा अजैमरुगाउँपालीका निमीत्त कार्यकारी चक्र देव भट्ट, बिद्यायका प्रध्यानाध्यापक, ब्यबस्थापन समितीका अध्यक्ष, साबिकका वडा नागरीक मञ्चका संयोजक, बाल क्लब, बाल संञ्जाल र छ देखी १० सम्मका अध्यरत रहेका बिद्यार्थीहरु सहभागी रहेका थिए ।

संयुक्त राष्ट्रसंघीय जनसंख्याकोष (यूएनइफपीए) नेपालको आर्थिक सहयोग र जिल्ला शिक्षा कार्यालय डडेल्धुराको आयोजनामा साबिकका तिन रुपाल, माष्ठामाडौ, र भद्रपुर गाबिसमा  अन्तरक्रियात्मक बहस सम्पन्न गरी सकेको बिद्यायल निरीक्षक नारायण भट्टले जानकारी दिनु भयो ।

यस्तै अन्तरपुस्ता बहस कार्यक्रममा गन्यापधुरा गाउँपालीको वडा नम्बर तिन साबिकको मष्ठामाण्डौ गाबिसलाई २०७४ साल चैत्र मसान्त सम्म र भागेश्वर गाउँपालीको वडा नम्बर १ र २ तथा साबिकको रुपाल गाबिसलाई २०७५ साल असार मसान्त भित्र बालबिवाह वडा घोषण गर्ने प्रतिब्द्धता ब्यक्र गरीसकेको बिद्यायल निरीक्षक भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई