2026-06-20 02:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

भगौडा प्रहरी लुटपाटमा संलग्न

विमल धामी । कत्तिक २५, कञ्चनपुर । कञ्चनपुरका एक भगौडा प्रहरी लुटपाटमा संलग्न भएको रहस्य खुलेको छ । झलारीपीपलाडी नगरपालिका–५का २२ बर्षिया रविन्द्र साउद लुटपाटमा संलग्न भएको रहस्य खुलेको हो ।

साउँदलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दैजी–बेल्डाँडी सडकखण्डमा स्थानियहरुलाई लुटपाट गरेको अभियोगमा मंगलबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक किशोर कुमार दाहालले दशैँ तिहारको विच समयमा बेल्डाँडी सडकखण्डमा यात्रुहरुलाई लुट्ने समुहका नाईके साँउदलाई घरबाटै पक्राउ गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुुसार साँउदको समुहले यात्रुहरुलाई घरेलु हतियार देखाएर लुटेको थियो । भारतीय मुलका पाउरोटी व्यवसायी अंकित गुप्तालाई महेन्द्रनगर देखि बेल्डाँडी जाने क्र्ममा नगद ९ सय पाउरोटी लगायत अन्य साईकलमा यात्रा गर्नेहरुलाई समेत साउदको समुहले लुटेको भन्दै प्रहरीले अन्य लुटेराहरुको समेत खोजी भईरहेको जनाएको छ । साउँद लगायत अन्य लुटेरासमुहका व्यक्तिहरुलाई लुटपाट अन्र्तरगत मुद्दा चलाईने प्रहरीले तयारी गरेको छ । स्थानियहरुले दैजी–बेल्डाँडी लामो विच जंगलमा नागरिक सुरक्षका लागि प्रहरी विट राख्नुका साथै नियमित गस्ती गर्नुपर्ने माग राखे पनि प्रहरीको लार्पबाहिका कारण सो सडकखण्डमा यस्ता व्यक्तिहरुले नागरिक लुट्दै आएका छन् ।

प्रहरीले ढिलै भएपनि बेल्डाँडी सडक खण्डमा लुट्ने समुहका नाईके पक्राउ गर्नु सफलता भएको समेत स्थानियहरुको भनाई छ । कञ्चनपुर प्रहरीले नागरिक लुट्नेहरुलाई पक्राउ गरेको स्थानियहरुले धन्यवाद समेत दिएका छन् । पक्राउ परेका जो कोहीलाई पनि कुनै कसुर बाँकी नराखेर कडा कार्बाही गर्नुपर्ने स्थानियहरुको माग छ । स्थानियहरुका अनुसार लुटेराहरुलाई कानुन अनुसार कार्बाहीका साथै नागरिकहरुलाई लुट्नेलाई थप बोनस सहित जुत्ताको माला लगाएर गाँउ गाँउ घुमाउन समेत आग्रह गरेका छन् । यस्तै समस्या आउँछन् भनेर पटक पटक विगत देखि नै दक्षिणी जनताले दैजी बेल्डाँडी जंगलको विच स्थानमा प्रहरी चौकी स्थापना गनुपर्ने माग राखेपछि प्रहरी लगायत सम्बन्धीत निकायको मौनताका कारण आज स्थानिय, प्रहरी र सरकारको टाउको दुखाईको विषय बनेको छ । सरकारले नत, यो सडक कालोपत्रे गर्न जर्मको ग¥यो, नत नागरिक सुरक्षा दिन योजना नै बनायो । सरकारमा बसेकाहरुले यो सडक सुरक्षा बारे रणनिती नबनाएका कारण आज सबैपक्षतिर असर पुगेको छ । स्थानियहरुले विच जंगलमा प्रहरी विट राख्न समेत सरकार संग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ