2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

शंकरपुरमा खसी कप प्रतियोगिता सम्पन्न, महादेव युवा क्लबलाई उपाधी

पहिलाद राना । मंसिर १, कञ्चनपुर । ग्रामिण क्षेत्रमा खेलकुदको विकासका लागि भन्दै शंकरपुरमा संचालन भएको खसी कप प्रतियोगिता सम्पन्न भएको छ ।

कारमेल युवा क्लबले संचालन गरेको खसी कप प्रतियोगिता २०७२ आज सम्पन्न भएको हो । खसी कप प्रतियोगिताको उपाधी महादेव युवा क्लबले चुमेको छ । भने, नव जनचेतना युवा क्लब उपबिजेता भएको छ ।

कारमेल युवा क्लबका सदस्य युवा धर्मसिह रानाले प्रथम हुने टिम महादेवलाई २० किलोको खसी र दोस्रो हुने टिम नव जनचेतना युवा क्लबलाई १५ किलोको खसी सहित प्रमाण पत्र, ट्रफि प्रदान गरिएको छ । एमाले कञ्चनपुरका अध्यक्ष तारालामा तामाङ्गले विजेता टिमलाई पुरस्कार वितरण गर्नुभयो ।

क्लबका अध्यक्ष रामसाय रानाले ग्रामिण क्षेत्रमा खेदकुद विकासका लागि फुटबल प्रतियोगिता आयोजना गरेको बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा २८ टिमले सहभागिता जनाएका थिए । प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको आयोजकले दावि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई