७ जेष्ठ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बालअधिकार दिवशको उपलक्ष्यमा अनाथालयका बालबालिकालाई पोशाक

४ मंसिर २०७२, शुक्रबार १०:२१

bal diwas 1भाष्कर के.सी । मंसिर ४, कञ्चनपुर । अन्तराष्ट्रिय बाल अधिकार दिवशको उपलक्ष्यमा कञ्चनपुर बालअनाथालयका बाल–बालिकालाई बाल कल्याण समिति तथा महिला तथा बालबालिका कार्यालय कञ्चनपुरले पोशाक वितरण गरेको छ ।

महेन्द्रनगर कञ्चनपुरमा आज बाल अधिकार दिवशको उपलक्ष्यमा बाल अनाथालयका ३१जना बालबालिका लाई थ्री एन्जल्स नेपाल, एनएनएसडबल्युए, बेस कञ्चनपुर, इन्सेक कञ्चनपुर र साथी संस्थाको सहयोगमा पोशाक वितरण गरेको हो । साथै अन्तराष्ट्रिय बाल अधिकार दिवशको उपलक्ष्यमा जिल्ला स्तरीय खुल्ला निबन्ध प्रतियोगिताको पनि अयोजना गरिएको थियो । ‘‘बाल श्रम र सडकबाल बालिका न्युनिकरणको उपाय‘‘बारेमा २०० शब्द को निबन्ध प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रोलाई क्रमश ५०००, ४००० र ३०००।– पुरुस्कार साथै प्रमाण पत्र राखिएको थियो । पुरुस्कार पाउनेमा प्रथम स्थान श्री महेन्द्रनगर उ.मा.वि.(साधारण) कटानका कक्षा १० का छात्र अपिल चन्द द्वितिय स्थान श्री भुवनेश्वरी उ.मा.वि.,सिसैयाका कक्षा १०का भुवन जोशी तथा तृतीय स्थानमा श्री लक्ष्मी उ.मा.वि. दोधराका कक्षा ९का अपिल मल्लले प्राप्त गर्नु भएको थियो ।

bal diwas

संयुक्त राष्ट्र संघ युएन १९८० नोभेम्बर २० तारिकका दिन बाल अधिकार महासंन्धी सीआरसी लाई अनुमोदन गरेको उपलक्ष्यमा संसारभरी मनाउने गरिएको छ । प्रमुख अतिथि लगायत उपस्थिीत सबैले बालअनाथालयका अध्यक्ष नारद पाण्डेयलाई पोशाक हस्तान्तरण गर्नु भएको हो ।

बालअनाथालयका अध्यक्ष नारद पाण्डेयको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि सहायक प्र.जि.अ भोजराज श्रेष्ठ हुनुहुन्थ्यो, त्यसगरी अतिथिमा एस.पि.किशोर कुमार दहाल, इन्सेक कञ्चनपुरका अध्यक्ष कोमल निरन्जन भाट रहनु भएको थियो । भने कार्यक्रम संचालन बाल अधिकार कार्यलयका अधिकृत भुवन राज चटौतले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखरा आसपास भूकम्पको धक्का महसुस नेपालमा भूकम्पको धक्का महसुस मध्य मेक्सिकोमा बन्दुकधारीद्वारा ७ जनाको हत्या पूर्व जनप्रतिनिधिको उपचारमा सरकार अनुदार बन्यो : सांसद शेरबहादुर कुँवर सुशासन कायम गर्न सूचनाको हक आवश्यकः गृहमन्त्री लेखक त्रिभुवन विमानस्थलबाट २५ ग्राम सुनसहित एकजना पक्राउ ४ बजे गभर्नर सिफारिस बैठक, ५बजे मन्त्रिपरिषदको बैठक बस्ने ‘विपद् जोखिम न्यूनीकरणमा पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन आवश्यक’ ‘भूमिहीन र सुकुम्वासीका नाममा सरकारी जमिन भूमाफियाको हातमा पुग्ने आशङ्का’ कांग्रेसका शिक्षा विभाग प्रमुख महरले शिक्षकसँग सहमति गरिएका विषय कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए कांग्रेस: शिक्षकसँग सहमति गरिएका विषयहरु सरकारले कार्यान्वयन गर्नु पर्ने गाजामा इजरायली हमलामा ६० जनाको मृत्यु नयाँ सुरक्षा उपायका बावजुद श्रीलङ्कामा रेलको ठक्करले हात्तीको मृत्यु स्वदेशमा उत्पादित तथा आयात हुने उत्पादनहरूमा अनिवार्य रूपमा एमआरपीसहितको लेबल लगाउनुपर्ने रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ सुरु एनआरएन कविता प्रतियोगिताको पुरस्कार घोषणा मुसहर समुदायका ३०/४० प्रतिशत महिला नागरिकता विहीन छन् : मुख्यमन्त्री सिंह नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित विपद् व्यवस्थापनमा सहयोग र सहकार्यसहित एकीकृत प्रयास आवश्यक छ : मुख्यमन्त्री कार्की बस र टिपर ठोक्किँदा ७ जना घाइते