2026-09-18 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडी प्रहरी प्रमुखद्वारा नागरिक सित परिचयात्मक कार्यक्रम

विमल धामी/मंसिर १४, बेल्डाँडी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यालय बेल्डाँडीले नागरिकहरुसित परिचयात्मक कार्यक्रम गरिएको छ ।

ईप्रका बेल्डाँडीमा नयाँ प्रहरी इन्चार्ज लाल बहादुर बम आएपछि सोमबार ईप्रका बेल्डाँडीले इन्चार्ज बम र नागरिकसित परिचयात्मक कार्यक्रम राखेको हो ।
\ईलाका प्रहरी बेल्डाँडी प्रहरीका अनुसार नयाँ इन्चार्ज बम आएपछी नागरिक कार्य सम्पादनका लागि नागरिकसित परिचयात्मक कार्यक्रमका साथै छलफल गरेको हो । कार्यक्रममा बेल्डाँडीका स्थानियहरु अगुवाहरुले दैजी–बेल्डाँडी नागरिक सुरक्षा, महिला तथा बालबालिकाहरुको सुरक्षाका साथै बेल्डाँडीको दक्षिण र पश्चिम क्षेत्र भारतसंग जोडिएकाले सिमा सुरक्षामा विषेश निगरानी बढाउन समेत सुझाव दिएका छन् । बेल्डाँडीका अगुवा महिला भागरती शाहीले स्थानियहरुले बेल्डाँडी प्रहरी प्रमुखको जिम्मेबारी पाएका बम समक्ष महिला मुद्दा फाँटको व्यवस्था गर्न समेत माग गरेको जानकारी दिनुभयो ।

नागरिकहरुले उठाएका विषयमा आफ्नो सहमती भएको भन्दै इन्चार्ज बमले नागरिक सुरक्षाका लागि आफु लागि पर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । वडा प्रहरी कार्यालय महेन्द्रनगरको जिम्मेबारी सम्हालीसकेका बम हाल काजमा ईप्रका बेल्डाँडी गएका छन् । स्थानियहरुले पटक पटक सम्बन्धीत निकायसंग सिमा सुरक्षा बल क्याम्प स्थापर्नाका लागि माग गरेपनि शसस्त्र प्रहरी बलले वेवास्ता गरेका कारण सिमा सुरक्षाको जिम्मा पनि प्रहरीले नै गर्नुपर्ने विडम्वना रहेको औल्याएका छन् ।

सिमा सुरक्षाको जिम्मा पाएका बजार, सिडिओका क्वाटरको पहरा दिन्छु, अब बेल्डाँडी प्रहरीले नै सबैथोकको जिम्मेबारी पहन गर्नुपर्ने स्थानियहरुको गुनासो छ । बेल्डाँडीका स्थानियहरुले बमलाई स्वागत समेत गरेका छन् । दक्षिणी क्षेत्रमा शसस्त्र सिमा सुरक्षाका बोडर पोष्ट स्थापना नहुँदा सिमा सुरक्षामा चुनौती देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई