पढ्न करिब 1 मिनेट लाग्छ

ललित बोहरा/बैशाख ३१, डडेल्धुरा ।  डडेल्धुराका बृद्ध महिला तथा बालबालीकाका लागी आमदानीको राम्रो स्रोत काफल बन्दै गएको छ ।

जेठ महिनाको सुरुवात भएसंगै जिल्ला सदरमुकाम क्षेत्रमा काफलको ब्यापार बढेको छ । काफल पाक्न शुरु भएसँगै भिमदत्त राजमार्ग अन्तर्गतका काफल पाईने क्षेत्रमा काफलको ब्यापार बढ्न थालेको स्थानीयले बताएका छन् ।

बृद्ध महिला देखी बालबालीका गिलासमा काफल नाप्दै प्रति गिलास १० देखि २० रुपैँया सम्ममा बिक्रि गरीरहेका छन । काफल हुने अधिकांश क्षेत्रमा काफल पाकि नसकेको हुनाले यो समयमा अलि बढी दाम पाइने स्थानीय गोमा तमौलीले जानकारी दिनुभयो ।

अमरगढी नगरपालिकाको स्याउले, मालम, दह ब्यारेक, काँडे, भेटा, ढुन्ढुने, भातकाडाँ लगायत राजमार्ग छेउँछाउका बस्तीका बालबालिका काफल हुने सिजनमा बर्षैपिच्छे काफल सङ्कलन गरी बिक्री गर्दै आएका छन । टाढा–टाढा गाउँबाट काफल बेच्नका लागि बालबालिका स्याउले तथा सदरमुकाम बागबजार पुग्न थालेका छन ।

राजमार्ग अन्तर्गत हिजो–आज गैरा, गोगनपानी, गोल्डेन लगायतका क्षेत्रमा समेत काफल बेच्ने बिक्रेताहरुले राम्रो आम्दानी गर्न थालेको गाडी चालकहरुको भनाई छ । पोहोर साल काफल बेचेरै ४ हजार रुपैँया सङ्कलन गरेको बताउदै यो साल पनि साँझ–साँझ काफल टिपि बेच्न शुरु गर्न थालेको १२ बर्षिय नरी दियालले बताउनुभयो ।