९ जेष्ठ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमै पहिलो रानाथारु सामुदायिक होमस्टे संचालनमा

२७ मंसिर २०७२, आईतवार १४:११

भाष्कर के.सी./ मंसिर २७, कञ्चनपुर । श्ुाक्लाफाँटा बन्यजन्तु आरक्ष मध्वर्ती क्षेत्र महेन्द्रनगरको वार्ड नं १४÷१५ को नयाँ वस्तीमा आज बाट पहिलो रानाथारु सामुदायिक होमस्टे सञ्चालमा आएको छ ।

आईतबार एक कार्यक्रम बिच कञ्चनपुरका जिल्ला प्रमुख मनोहर प्रसाद खनालले रिबनकाटी होमस्टेको उद्धघाटन गर्नु भएको थियो । जैविक विविधता संरक्षणको आधार, पर्यटन विकासको पूर्वधार भन्ने मुलमन्त्रका साथ शुरुगरिएको होमस्टे शुक्लाफाँटा उपभोक्ता समितिको पहलमा शुरु भएको हो ।
home stay 3
अहिले ९ वटा घर बाट शुरु गरिएको होमस्टे विस्तारै पर्यटक बढ्दै जाने र यहाँ स्थानियहरुले पनि यस प्रकारको होमस्टे बाट आर्यआजन गरेको देखे पछि अरुले पनि शुरुवात गर्ने शुक्लाफाँटा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष पुस्कर ब. सिंहले बताउनु भयो ।

यहाँको पर्यटन विकास र यहाँको पर्यटकिय स्थानको पहिचान गराउने र आगन्तुक पहुना विदेशी वा स्वदेशी जो शूकै भए पनि उनीहरुलाई घरायसी वातावरण, राम्रो सत्कार र यहाँको संस्कृतिको पहिचान गराउने साथै आफुहरुको पनि आय आर्जनमा बृद्धि गर्ने आशाका साथ होमस्टे संचालन गर्न लागेको राना थारु समुदायिक होमस्टेका सचिव चेतराम रानाले बताउनु भयो । वहाँले यो भन्दा अगाडि पनि पर्यटक आएको, कोठाको रु.३०० र खानाको रु.१००मा दिदै आएको अब उद्धघाटन भए पछि नयाँ दर तोकिने बताउनु भयो ।
home stay kanchanpur
त्यसै गरी प्रमुख संरक्षण अधिकृत बेत कुमार ढकालले संरक्षण लाई सहयोग होस र सबै सरोकारवालाहरुको समन्वय बाट यहाँको पर्यटकिय क्षेत्रको प्रचार प्रसारको शुरुवात होस, वन्यजन्तु आरक्षण प्रति आपनत्व बढाउने, पर्यटकको सुरक्षा र वासको व्यवस्था गर्न यस प्रकारको होमस्टे बाट उपयुक्त हुने बताउनु भयो ।

आईतबार गरेको उद्धघाटन कार्यक्रममा रानाथारुका संस्कृतिक नाच, गान, गरिएको थियो भने उनीहरुको खाना पनि बनाईएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणतन्त्र विरोधी गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य छैनः मन्त्री गुरुङ पूर्वराजाको राजावादी नेताहरूसँग लन्च मिटिङ रविको बन्दीप्रत्यक्षीकरणको रिट आज पनि हेर्दाहेर्दैमा,कहिले आउँछ आदेश पेस्तोल र गोलीसहित दुई जना पक्राउ ‘मुलुकको आवश्यकता र जन अपेक्षाअनुसार बजेट’ राष्ट्रिय स्वतन्त्र पार्टीले जेठ २३ गतेबाट जनयात्रा सुरू गर्ने,जनयात्रा झापाबाट सुरू हुने पर्यटन प्रवर्द्धनमा राससको फोटो पुस्तक उपयोगीः पर्यटनमन्त्री पाण्डे युक्रेनी ड्रोन हमलाले मस्को विमानस्थलको उडान अवरुद्ध मन्त्री फेरिनु नियमित प्रक्रिया हो,नआत्तिनुस् सबैको पालो आउँछ: डा. सीके राउत गाजामा लगभग ९० वटा सहायता ट्रक पठाइयो : राष्ट्रसङ्घ काठमाडौँमा ‘दक्षिण एसिया क्षेत्रीय युवा कार्यशाला’ सुरू ‘माओवादी केन्द्रप्रति जनतामा आशा पलाएको छ’ रवि र छविको बन्दीप्रत्यक्षीकरणको रिटमा सरकारी वकिलको बहस अन्तिम चरणमा परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता सङ्क्रमणकालीन न्याय पीडितको सन्तुष्टिमा केन्द्रित हुनुपर्छ: मानव अधिकार आयोग चोरी गरिएका मोबाइलसहित ८ जना पक्राउ दुर्गा प्रसाईंसहित ५३ जनालाई अनुसन्धानको लागि,२ दिन म्याद थप सर्वोच्चमा रविका कानुन व्यवसायीले भने: अनुसन्धानन नै नगरी रविमाथि मुद्दा चलाइयो भारतमा दुई जना पाकिस्तानी गुप्तचर एजेन्ट पक्राउ,जसमध्ये एक जना नेपाली पाकिस्तानी एजेन्टको रूपमा कार्यरत मधेश सरकारमा सहभागी भएका २ मन्त्रीलाई फिर्ता बोलाउने जनमत पार्टीको निर्णय