2026-06-28 03:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडी नगरपालिका खुला दिशामुक्त घोषणा

विमल धामी/पुस २, कञ्चनपुर । कञ्चनपुरको बेल्डाँडी नगरपालिकालाई एक कार्यक्रमका विच खुला दिशामुक्त घोषणा गरिएको छ ।

बेल्डाँडी नगरपालिका स्तरिय खानेपानी तथा सरसफाई स्वछता समन्वय समिति र जिल्ला खानेपानी सरसफाई तथा सरसफाई स्वछता समन्वय समितिको आयोजनामा बिहीबार खुला दिशामुक्त घोषणा गरिएको हो । बिहान नगर क्षेत्रका समुदायिक विद्यालय, निजी विद्यालय, महिला समुहहरुले ¥याली समेत निकालेका थिए ।

कञ्चनपुरका स्थानिय विकास अधिकारी तथा जिल्ला खानेपानी सरसफाई तथा सरसफाई स्वछता समन्वय समितिका अध्यक्ष मोहन पौडेलले एक कार्यक्रमका विच बेल्डाँडी नगरपालिका खुलादिशा मुक्त घोषणा गर्नुभयो ।

उद्घाटन समारोहमा स्थानिय विकास अधिकारी पौडेलले स्थानियहरुले समेत घोषणा अनुसार व्यवहारिक रुपमा कार्यान्वयन गनुपर्नेमा जोडदिएका छन् ।

कार्यक्रममा बेल्डाँडीका स्थानिय राजनीतिक दल, नागरिक समाज, बृद्धिजिवीहरुले नगरमा खानेपानीको योजना नभएका कारण धाराको पानि पिउन बाध्य भएका कारण जिल्लाका सरोकारवाला निकायहरुलाई खानेपानीको योजना ल्याईदिन माग गरेका छन् ।

स्थानियहरुले खानेपानी नहुँदा आफुहरुको स्वास्थ्यमा समेत खराब अवस्था आएको गुनासो गरेका छन् । स्थानियहरुले जतिछिटो खानेपानीको योजना दिन समेत आग्रह गरेका छन् ।

बेल्डाँडी नगरपालिका भित्र गाभिएको रौतेलीविचुवा यस अघि नै खुलादिशा मुक्त घोषणा गरिएको थियो । बेल्डाँडीमा चार हजार २०९ घरधुरी रहेका छन् ।

बेल्डाँडी नगरपालिका स्तरिय खानेपानी तथा सरसफाई स्वछता समन्वय समितिका अध्यक्ष राज बहादुर विष्टको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विभिन्न राजनितिक दल, सरकारी कार्यालका प्रतिनिधी, नागरिक समाज, स्थानिय लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी