2026-09-18 11:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरका अडतिस सरकारी कार्यालयका नाँउमा परमादेश जारी

पुष ६, कञ्चनपुर / पुनरावेदन आदालत महेन्द्रनगरले कञ्चनपुरका अड्तिस सरकारी कार्यालयका नाउमा परमादेश जारी गरेको छ ।
कञ्चनपुरको ऐतिहासिक, पुरातात्विक, साँस्कृतीक, पर्यटकिय बस्तुको संरक्षण गरि अभिलेख राख्न भन्दै जिल्ला प्रशासन कार्यालय सहित विभिन्न सरकारी कार्यालयका नाउमा परमादेश जारी गरेको हो । पुनरावेदन आदालतका रजिष्ट्रार यम बहादुर बुढाले अधिवक्ता यज्ञ राज जोशीले कञ्चनपुरको ऐतिहासिक, पुरातात्विक, साँस्कृतीक बस्तुको संरक्षण गरि अभिलेख पाँउ भनि पुनरावेदनमा दायर गरेको रिटमा यस्तो सुनुवाई भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार पुनरावेदन आदालतका माननिय मुख्य न्यायधिश पोषनाथ शर्मा र न्यायधिश हरि प्रशाद बगालेको संयुक्त इजलासले रिटमा बहस गर्दै विपक्षीमा नाउमा परमादेश जारी गरेको छ ।

जिल्ला प्रशासन, जिल्ला विकास, मालपोत, नापी, पाँचै नगरपालिका, दुई नगरविकास समिति र तत्तकालिन ९ गाविसका कार्यालय प्रमुख र कार्यालयका नाउमा परमादेश जारी गरिएको छ । रिट कर्ताले दायर गरेको माग बमोजिम सूचना, अभिलेख उपलब्ध गराउनुपर्ने भन्दै पुनरावेदन आदालतले आईतबार सुनुवाई गरेको हो ।

प्रमुख जिल्ला अधिकारीको नाउमा ‘‘कञ्चनपुर जिल्लाको सरहद भित्र रहे भएका सम्पूर्ण पुरातात्विक बस्तुहरुको एव.साँस्कृती धार्मिक सार्वजनिक समादरहरुको खोजबिन गरी अभिलेख विद्या वा लागत तयारी गरी पुरात्वविक बस्तुको हकमा तत बस्तुको संरक्षणका निम्ती मुख्य पुरात्वा अधिकृत पुरातात्विक विभागका महानिर्देशक लाई लेखि पठाउनु सबै आफ्नो जिल्ला भित्रको सार्वजनिक धारा, कुवा, पोखरी, पधेँरो, पार्टी पौवा, सत्तल, धर्मशाला, मन्दिर, गुम्बा चर्च आदिको हकमा सोको लगत अभिलेख तयार गर्नु गराउनका साथै भत्किन बिग्रन नोक्सानी हुन लागेमा कानुन बमोजिम मर्मत सुधार गर्न परमादेश जारी भएको छ ।’’

यस्तै अन्य सरकारी कार्यालयको नाउमा समेत आफ्नो क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक, साँस्कृती, पर्यटकिय, जमिन, आदिको संरक्षण गरी रिट निवेदन अनुसार काम गर्न आदेश जारी भएको छ ।

राज्यले प्रमुख जिल्ला अधिकारी, स्थानिय विकास अधिकारी, प्रमुख मालपोत/नापी अधिकृत, नगरविकास अध्यक्ष, नगरपालिका कार्यकारी अधिकृत, गाविस सचिवलाई आफ्नो क्षेत्रमा रहेका पुरातात्विक, ऐतिहासिक तथा साँस्कृतिक बस्तुहरुको संरक्षण गर्ने जिम्मेबारी दिएपनि सम्बन्धीत निकायहरुले सो जिम्मेबारी नगरेको भन्दै अधिवक्ता जोशीले कञ्चनपुरबासीका तर्फबाट पुनरावेदन आदालतमा रिट दायर गरेका थिए ।

रिटमा कञ्चनपुर जिल्ला पौराणिक, ऐतिहासिक, साँस्कृतिक एव पुरातात्विक र पर्यटकिय दृष्ट्रिकोणले महत्वपूर्ण भू–खण्ड भएकाले संरक्षण, सम्र्बद्धन गरि अभिलेखिकरण गर्नुपर्नेमा जोड दिईएको छ ।

भविश्यमा यस्ता विषयहरु खोज अनुसन्धानका विषय भएकाले संरक्षण गर्ने उदेश्यले आम नागरिकका तर्फबाट रिट दायर गरेको अघिवक्ता यज्ञराज जोशीले बताउनुभयो । यस अघि पनि अधिवक्ता जोशीले गत फागुनमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा सार्वजनिक महत्वको सूचना माग राख्दै प्रशासन कार्यालयमा निवेदन दिएका थिए ।

आफुले जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक महत्वको सूचनाको प्रतिलिपी माग गरेपनि तत्तकालिन प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले प्रशासन संग सार्वजनिक महत्वको अभिलेख नै नभएको बताएकाले आफुले सार्वजनिक महत्वको सूचनाको अभिलेखका लागि पुनरावेदनमा रिट दायर गरेको उहाँले बताउनुभयो ।

रिट निवेदनमा यस क्षेत्रको समाजिक, आर्थिक साँस्कृतिक, धार्मिक एवं राजनीतिक ईतिहास बोध हुने ऐतिहासिक पुरातात्विक विषयबस्तुहरुको अनुसन्धान अध्ययन र प्रचारप्रसार आवश्यक रहेको जनाईएको छ ।

जिल्ला भित्र मानवद्धारा निर्मित हस्तलिखित, वंशावली, हस्तलिखित ग्रन्थ, स्वर्णपत्र, शिलापत्र, ताम्रपत्र, काष्ठपत्र , भोजपत्र, ताडपत्र, कागजपत्र मुद्रा एव ऐतिहासिक घटना घटेका विशिष्ठ व्यक्ति बसेको घर, त्यस्तो व्यक्तिले प्रयोग गरेको बस्त, ढुगा, काठ, माटो हस्ती हाड काँच कपडा कागज, धातुको संरक्षण गर्नुपर्नेमा जोड दिईएको छ । मूर्ति, देवी देवताको मन्दिर, चैत्य, शालिक, पौभाचित्र, पशुपंक्षी र स्थावरजंगमको प्रतिकृतिक बस्तुको स्थिती के छ ?

‘प्राचिनकालदेखि नै सम्पूर्ण भारत वर्षबाट तिर्थहरु उत्तर मानस विभिन्न ऋर्षि यज्ञमान तथा आर्चायहरुको महान गन्तव्य कैलास पर्वत मानसरोवर लंकासर हिमालय पुग्ने मुख्य आवागमन सुत्र नै यही श्यामा (महाकाली) नदि र मध्य भूप्रवेश स्थल (भम्केनी व्रह्मदेव तिर्थ) भएको यस जिल्लाको पुरातन महत्व स्पष्ट हुन्छ ।’,उल्लेख गरिएको छ ।

मानव शास्त्रीय दृष्ट्रिकोण पनि यो जिल्लाको भू–क्षेत्र खस, आर्य, द्रविड, मुगल, मंगोल आदि बंशीय बहुआयामिक ऐतिहासिक आधारहरु विद्यमानरहेको रिटमा जनाईएको छ । कञ्चनपुरको प्राचिन पुरुषहरुको तपोभूमी, सैव तथा शक्ति पीड मन्दिर र धाम, दरबार, कोटकिल्लाहरु, युद्धमैदान पर्यटकिय कुण्ड तथा ताल,गुम्बाहरुका अवषेश संरक्षणको प्रखाईमा रहेका छन् ।

सम्बन्धीत निकायहरुले उक्त ऐतिहासिक, पुरातात्विक तथा धार्मिक बस्तुहरुको संरक्षण गर्नमा उदाशिनता देखाएको भन्दै जिल्लाको इतिहास, संस्कृती र सभ्यता नै जोखिमा परेको हुँदा लाखौँ सर्वसाधारण नागरिकका तर्फबाट नागरिक अधिकार ऐन २०१२ को दफा ३ दफा ६(१) दफा ६(७) कर दफा ७ (ख) ले दिएका नागरिक हक अधिकार अनुसार रिट दायर गरिएको हो ।

रिटमा विपक्षीका तर्फबाट सह–न्यायधिवक्ता नरेन्द्र बहादुर चन्द, सुर्दशन देव भट्ट, नेत्र बहादुर तामाङ्ग, हिक्मत बा. चन्द, ज्ञानेन्द्र बम र रिटकर्ताको तर्फबाट स्वमय रिटकर्ता अधिवक्ता यज्ञराज जोशी, अधिवक्ताहरु निरन्जन विष्ट र सहदेब खडायतले बहस गरेका थिए । कञ्चनपुरका स्थानियहरुले समेत जिल्लाको ऐतिहासिक बस्तुहरुको संरक्षण गरि अभिलेख राख्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई