Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

को को भए त उत्कृष्ट प्रतिभा ?

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

प्रभात सुवेदी । जेठ २, बर्दिया ।

जिल्ला शिक्षा कार्यालय बर्दियाको आयोजनामा सदरमुकाम गुलरिया स्थित बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयमा आज जिल्ला स्तरीय प्रतिभा पहिचान कार्यक्रम सम्पन्न गरिएको छ ।

जिल्लाका १० ओटा स्रोत केन्द्रबाट निवन्ध, चित्रकला र नृत्य विधामा उत्कृष्ट भई जिल्ला स्तरीय प्रतियोगिताबाट उत्कृष्ट प्रतिभाहरु छनोट गरिएको हो । जस अन्तर्गत निवन्धतर्फ शुक्र माध्यमिक विद्यालयका छात्र मिथुन वश्याल, त्रिभुवन माध्यमिक विद्यालय ककौराका हेमन्त आले, बर्दिया एकेडेमीका दर्पण रेग्मी, गोल्डेन फ्युचर माध्यमिक विद्यालयका भगवती वस्नेत क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका छन् भने चित्रकलातर्फ किसान माध्यमिक विद्यालयका कविन थारु प्रथम, अशुंवर्मा माध्यमिक विद्यालयकी विना चौधरी र शुभकामना एकेडेमीका मनिष श्रेष्ठ द्वितीय ने.रा. गणेश माध्यमिक विद्यालयकी कविता के.सी. तृतीय र सनराइज स्कूलकी अपेक्षा चौधरी सान्त्वना भएका छन् ।

यसैगरी नृत्य विधातर्फ बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयकी सम्झना सुनार प्रथम, कर्णाली ई.मी. स्कूल भुरीगाउँकी निकिता बम, शारदा माध्यमिक विद्यालय मैनापोखरकी गंगा सुनार तृतीय र पेट्रियट ई.मि. स्कूल जयनगर मगरागाडीकी समृद्धि शर्मा सान्त्वना भएका छन् ।

प्रतियोगितामा तीनओटा विधामा प्रथम स्थान प्राप्त गर्ने तीन जना विद्यार्थीहरुले क्षेत्रीय शिक्षा निर्देशनालयको आयोजनामा सुर्खेतमा हुने क्षेत्रीय प्रतियोगितामा भाग लिन पाउनेछन् । जिल्ला शिक्षा अधिकारी दमनसिंह चौधरीको अध्यक्षतामा सम्पन्न प्रतिभा पहिचान कार्यक्रमको सहजीकरण रवीलाल मिजारले गर्नुभएको थियो भने कार्यक्रममा कार्यालयका कर्मचारीहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।