१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

६४ औं अन्तराष्ट्रिय भन्सार दिवसको उपल्क्षयमा कञ्चनपुरको जिल्ला कारागारमा समग्री वितरण

१२ माघ २०७२, मंगलवार ११:५४

भाष्कर के.सी./ माघ १२, कञ्चनपुर ।कञ्चनपूरको गड्डाचौकी स्थित भन्सार कार्यालयले ६४ औं अन्तराष्ट्रिय भन्सार दिवसको उपल्क्षयमा आज कञ्चनपुर जिल्ला कारागारमा कैदीहरुलाई आबश्यकपर्ने खेलकुद सामग्री लगायत विभिन्न किसिमका धार्मिक सास्कृतिक पुस्तक वितरण गरेको छ । भन्सार कार्यालयका प्रमुख राम प्रसाद रेग्मीले जिल्ला प्रमुख मनोहर प्रसाद खनाललाई समान हस्तान्तरण गरेपछि उक्त सामग्री कैदीबन्दीलाई प्रदान गरिएको थियो ।

उक्त हस्तान्तरण कार्यक्रममाबोल्दै कैदी नायके टेकराज जोशीले कारागार भित्र रहेको समस्या औल्याउनु भएको थियो । विहान दिसा पिसाब गर्दा २ तिन घण्टा लाइनमा लाग्नुपर्ने राति सुतदाँ पालै पालो सुत्नुपर्ने ९५ जना को व्यवस्था भएकोे कारागारमा २१८ जना भेडा बाख्रा खादाँझै खादेको र घर बाट खाना नआए खान समेत नपुग्ने अवस्था रहेको जोशीले बताउनु भयो । त्यसै गरी अर्का कैदी बन्दी नायकेले औपधी उपचारको सारै समस्या रहेको उपचारको नाममा सिटामोलमा चित बुझाउनु परेको साथै सजाय पुरा गरेर घर फर्के पछि समाजमा विस्थापित गर्न राज्यले मद्दत गर्नु पर्ने बताउनु भयो ।

त्यसै गरी जिल्ला प्रमुख खनालले कारागारको समस्या देश भरिनै एकै प्रकारको रहेको र सानो ठाउमा धेरेै कैदि बन्दी अटाउनु यो हाम्रो देशको नै वाध्यता रहेको, साथै कैदी बन्दीले आफुलाई सुधारेर लैजानु पर्ने, जे भयो भयो अब आइन्दा आफुलाई समाजमा योग्य नागरिक बन्नु पर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव