2026-09-18 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

विद्यार्थीद्वारा जिल्लाशिक्षा अधिकारीको कुर्सी जलाइयो

kanchanpur 1भाष्कर के.सी./ माघ २२, कञ्चनपुर । कञ्चनपुर जिल्ला शिक्षा कार्यालयमा मा बुधबार अखिल (छैठौ)का विद्यार्थी संगठन द्वारा आगजनी गरेका छन् ।

अखिल (छैठो)का विद्यार्थी संगठनले सोमबार आफ्ना १० सुत्रियमाग पुरा नभएको भन्दै जिल्ला शिक्षा कार्यालयमा जिल्ला शिक्षा अधिकारीको कुर्सीमा आगजनी गरेका छन् भने जिल्ला कार्यालय प्रमुख श्याम सिंह धामी नेपालगञ्ज भएकाले वहांको कोठाको ढोका फोडी कुर्सी बाहिर ल्याएर आगोलगाएका थिए ।

एका एक विद्यार्थी आएर ढोका फोडन लागेको र किन ढोका फोडन लागेको कुरा गरौ भनेर भन्दा कुरा गर्ने कुनै बाटो नभएको भन्दै ढोका फोडेर कुर्सीमा आगो लागाएको सहायक जिल्ला शिक्षा अधिकारी पदम राज जोशीले बताउनु भयो ।

विद्यार्थी संगठनले पुष २७ गते विज्ञप्ती मार्फत आफ्ना सम्पुर्ण माग जानकारी गराएको र त्यसमा कुनै सुनवाई नभए पछि वाध्य भएर आजको घटना घटेको केन्द्रिय सचिवालय सदस्य महेशराज जोशीले बताउनु भयो भने उता सहयाक जिल्ला शिक्षा अधिकारी जोशीले आफुलाई यो घटना भन्दा अगाडी कुनै कुराको जानकारी नभएको बताउनु भयो ।

उक्त विज्ञप्ती निम्न कुरा माग गरिएको छ
१.उच्च माध्यमिक विद्यालयका दरबन्दीका कोटहरु राजनीतिक भागबण्डाका आधारमा नभई न्यायिक आधारमा विद्यालयमा शिक्षक नियुक्त गरियोस् ।
२.खेताला शिक्षक राख्ने विद्यालय र शिक्षकलाई कार्वाही गरियोस् ।
३.विस्थापित शिक्षकहरुलाई स्थापित गरियोस्
४.विद्यालयमा बालबालिकाहरुलाई नियमानुसार छात्रवृति प्रदान नगर्ने विद्यालयलाई कार्वाही गरियोस् ।
५.काजका शिक्षकहरुलाई तुरुन्त दरबन्दीमा फिर्ता गरियोस ।
६.विदेशी नाम भएका नीजि विद्यालयहरुको नाम तत्काल सच्चाईयोस ।
७.विज्ञान सामग्री न्यायिक प्रणाली दिइनुपर्ने र गएका विज्ञान सामग्रीको उचित निरिक्षण गरियोस ।
८.बालविकास केन्द्रहरुको निरिक्षण गरि बालबालिका भएका विद्यालयमा कोटा वितरण गरियोस । सम्पूर्ण वालविकास केन्द्रका विद्यार्थीहरुको संख्या सार्वजनिक गरियोस् ।
९.भौतिक निर्माणको कार्यक्रमको निरिक्षण गरि प्रतिवेदन सार्वजनिक गरियोस ।
१०.दरबन्दी मिलानका क्रममा सरुवा भएका शिक्षकहरु जस्तै(गोरखनाथ मा.वि.) लगायतका विद्यालयमा शिक्षकहरुलाई तत्काल सम्बन्धित विद्यालयमा पठाइयोस
जस्ता माग राखेको महेशराज जोशी र भिमराज जोशीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा लेखिएको छ ।
यसरी जिल्ला शिक्षा प्रमुखको कुर्सी जलाउने विद्यार्थीलाई जिल्ला शिक्षा कार्यालयले जाहेरी दिएमा जाहेरीको आधारमा विद्यार्थीहरुलाई कानुन अनुसार कारवाही गरिने प्रहरी नायब उपरीक्षक केदार खनालले बताउनु भयो ।

kanchanpur

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई