विमल धामी | जेठ ६, कञ्चनपुर | कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका–१० भुडामा विहिवार देखि संचालन भएको ३ दिने महिला नेतृत्व विकास तालिम सनिवार सम्पन्न भएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विमल धामी | जेठ ६, कञ्चनपुर | कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका–१० भुडामा विहिवार देखि संचालन भएको ३ दिने महिला नेतृत्व विकास तालिम सनिवार सम्पन्न भएको "/>

2026-09-19 11:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

महिला नेतृत्व विकास तालिम सम्पन्न

विमल धामी | जेठ ६, कञ्चनपुर | कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका–१० भुडामा विहिवार देखि संचालन भएको ३ दिने महिला नेतृत्व विकास तालिम सनिवार सम्पन्न भएको छ ।

साझेदारी विकास परियोजना अन्र्तगत इक्वाल एक्सेस संस्थाको सहयोगमा फुलवारी रेडियो श्रोता समुहले उक्त कार्यक्रम आयोजना गरेको समुहकी सहजकर्ता पुष्पा चौधरीले जानकारी गराउनु भयो । इक्वाल एक्सेस संस्थाको लघुअनुदान प्याकेज मार्फत फुलवारी रेडियो श्रोता समुहका सदस्य लगायत महिला सशक्तिकरण समुहका सदस्यहरुलाई तालिम दिईएको हो ।

सिमा क्षेत्रका महिलाहरु राज्यको पुहुच बाट टाढा रहेकाले महिलाको हक अधिकार सम्वन्धि जानकार कम भएकाले अधिकार सम्पन्न र सशक्त बनाउनका लागि तालिमको माग गरेको सहजकर्ता चौधरीले बताउनु भयो । तालिममा सहभागिहरुले भने यस्तो तालिम हामीले कहिलै पनि नपाएको र यो तालिमले हाम्रा आँखा खोलिएको बताए । समुहकी अध्याक्ष सरस्वती विकले भने ‘यस्ता क्षमता विकासका तालिम हामीले पटक पटक वडा भेलामा माग गर्ने गरको तर बजेट अपुगले आजका मिति सम्म हामीले तालिमनै नपाएको जनाए ।’ अवका दिनमा यस्ता तालिम गराउने अवसर पाए हाम्रो समुदायका सम्पुर्ण महिलालाई सहभागि गराउने कुरा समेत ब्यक्त गरे । यस्तो तालिम आगामी दिनमा पनि दिनु पर्ने सहभागिहरुको भनाई रहेको छ । सहभागिहरुले तालिम अति राम्रो भएको र सिकेका कुरा आफ्नो ब्याक्तिगत जिवनमा लागु गर्ने प्रतिवद्धता समेत गरे ।

सो तालिमका प्रमुख प्रशिक्षक रुपनी चौधरी रहेका थिए । उनले भने “तालिममा अधिकांस जनजाति महिला रहेकाले वहाँहरुलाई तालिम लिन सजिलो होला भनेर उनले बुझ्ने भाषामा तालिम दिएको बताए ।” यो तालिमले वहाँहरुलाई धेरै फाईदा हुने वहाँले दावी गर्नु भयो । यो समुहले फेरी पनि आगामी दिनमा तालिम माग गरे आफुले सके अनुसारको सहयोग गर्ने कुरा समेत जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो