११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

नक्कली भारतीय नोट कारोबार गरेको आरोपमा एक जना पक्राउ

५ फाल्गुन २०७२, बुधबार ०९:३९

फागुन ५, कञ्चनपुर / कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको भानुचोक नजिकै रावल रेस्टुरेन्टका सञ्चालक गणेश रावललाई नक्कली भारतीय नोट कारोबार गरेको आरोपमा पक्राउ गरिएको छ । नेपाली रुपैयासँग भारतीय रुपैयाँ साटिदिने भनेर भारतीय नक्कली नोटको कारोबार गरेको आरोपमा रावललाई पक्राउ गरिएको हो ।

वडा प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कर्णबहादुर चन्दको नेतृत्वमा खटिएको टोलीले भीमदत्त नगरपालिका वडा नम्बर–२ महुलिया घर भई महेन्द्रनगरको भानुचोकस्थित रावल रेस्टुरेन्ट सञ्चालन गर्दै आएका २६ वर्षिय गणेश रावललाई होटलबाटै प्रहरीले पक्राउ गरेको छ ।

रावलले सय दरका भारतीय नक्कली नोट दिएर विभिन्न व्यक्तिलाई ठगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी केदार खनालले जानकारी दिनुभयो । उहाँका अनुसार भारतीय रुपैयाँ साट्दा ठगिनेमा तिलकपुरका डबलबहादुर सिंह, कटानकी मन्जु सिंह, निम्बुखेडाका खगेन्द्र नाथ र सुडाकी कल्पना गिरी रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा