जेठ ८, गुलरिया (बर्दिया) | निकुञ्ज, मध्यवर्ती क्षेत्र र जैविकमार्गमा निर्माण गरिने भौतिक संरचनाको डिजाइन तयार गर्दा वन्यजन्तुको निर्वाध आवागमनमा प्रतिकूल अस"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ ८, गुलरिया (बर्दिया) | निकुञ्ज, मध्यवर्ती क्षेत्र र जैविकमार्गमा निर्माण गरिने भौतिक संरचनाको डिजाइन तयार गर्दा वन्यजन्तुको निर्वाध आवागमनमा प्रतिकूल अस"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दिया राष्ट्रिय निकुञ्जलाई वन्यजन्तुमैत्री बनाइने

२०७४, ८ जेष्ठ सोमबार ०५:१५


जेठ ८, गुलरिया (बर्दिया) | निकुञ्ज, मध्यवर्ती क्षेत्र र जैविकमार्गमा निर्माण गरिने भौतिक संरचनाको डिजाइन तयार गर्दा वन्यजन्तुको निर्वाध आवागमनमा प्रतिकूल असर नपर्ने र वैकल्पिक उपायको सुनिश्चितता गर्ने व्यवस्था मिलाउने विषयमा बर्दिया राष्ट्रिय निकुञ्जमा आयोजना गरिएको वन्यजन्तुमैत्री भौतिक पूर्वाधार निर्माणसम्बन्धी आइतबार यहाँ आयोजित कार्याशाला गोष्ठीमा छलफल भएको छ । 

बर्दिया राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्र तथा जैविक मार्गमा वन, वन्यजन्तु र प्राकृतिक सम्पदा संरक्षणका लागि सहभागी सरोकारवाला निकायबीच समन्वय र सहकार्यलाई निरन्तरता दिँदै निकुञ्जभित्र पर्ने पूर्व पश्चिम राजमार्गमा चल्ने सवारीसाधनको ठक्करबाट वन्यजन्तु मारिने घटना नियन्त्रणका लागि निकुञ्जभित्रको राजमार्गमा ४० किमी प्रतिघन्टाभन्दा बढी गतिमा गाडी चलाउन नमिल्ने गरी ठाउँ ठाउँमा स्पीड ब्रेकर निर्माण गर्ने गोष्ठीमा सुझाव दिइएको थियो । 

निकुञ्जको बबई उपत्यका र पूर्व पश्चिम राजमार्गको अम्रेनी कर्णाली तथा सैनावार रम्भापुर खण्डमा नेपाल टेलिकमको नेटवर्कले काम नगर्ने भएकाले निकुञ्जको संरक्षण, सूचना आदानप्रदानमा समेत समस्या रहेको हुँदा नेपाल टेलिकमबाट ती क्षेत्रमा सहज सुविधा उपलब्ध गराउन प्राथमिकताका साथ ब्यवस्था मिलाउने र यस किसिमको समन्वय र सहकार्यलाई निरन्तरता दिनका लागि समय समयमा समन्वय बैठक आयोजना गर्ने जानकारी गराइएको थियो । रासस 

- तश्विर: प्रकाश लामिछाने 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित