१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

अवैध निर्माण भइरहेका भौतिक संरचनाका विषयमा प्रशासनको चासो

५ फाल्गुन २०७२, बुधबार ०९:४८

फागुन ५, कञ्चनपुर/ कञ्चनपुरको भीमदत्त नगरपालिकाभित्र नक्सा पास नगराएरै निर्माण भइरहेका भौतिक संरचनाका विषयमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले चाँसो देखाएको छ । बजार क्षेत्रमा पछिल्लो समय नगरपालिकाबाट नक्सा पास नगराएरै ठूल्ठूला भौतिक संरचनाहरु निर्माण भइरहेकाले तिनिहरुको वैधानिकताका विषयमा प्रशासन कार्यालयले चाँसो देखाएको हो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले महेन्द्रनगरको सब्जिमण्डीदेखि मुख्य राजमार्ग जोड्ने सडकका छेउछाउमा निर्माण भइरहेका भौतिक संरचनाले नक्सा पास नगरेको भन्ने गुनासो बढेकाले नगर विकाससँग नगर क्षेत्र भित्र भइरहेको विकास निर्माणको सम्पूर्ण विवरण उपलब्ध गराउन भनिएको छ ।

नक्सा पास नगराएर अवैधानिकरुपमा निर्माण भइरहेका भौतिक संरचनाको निर्माण कार्य रोक्ने विषयमा पनि महेन्द्रनगर नगर विकास समिति र प्रशासनबीच छलफल भएको र अवको केही दिनमा ठोस निर्णय लिईने उहाँले बताउनुभयो । महेन्द्रनगरमा निजी घर तथा सरकारी कार्यालयले समेत भवन नक्सा पास नगराउने गरिएकाले भुकम्पिय जोखिम बढेको नगरपालिकाका इन्जिनियर हिमालयसिंह ऐरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का