८ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

औधोगीक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव ०७२ भव्य रुपमा सञ्चालन हुदैं

२० फाल्गुन २०७२, बिहीबार ०१:४७

भाष्कर के.सी./ फागुन २०, कञ्चनपुर ।  सुदूरपश्चिमाञ्चल क्षेत्रीय औधोगीक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव ०७२ यही फागुन २१ गते बाट भव्य रुपमा सञ्चालन हुन गई रहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ एवं कञ्चनपुर वाणिज्य संघको आयोजनामा तथा नेपाल सरकार वाणिज्य मन्त्रालय÷व्यापार, निकासी प्रवद्धन केन्द्रको सहयोग, जिल्ला विकास समितिको सह आयोजनामा सुदूरपश्चिमाञ्चलको औधोगिक व्यापार मेला तथा पर्यटन महोत्सव २०७२ को तयारी अन्तिम चरणमा पुगेको छ ।

कृषि पर्यटन र उर्जाको विकास, समृद्ध सुदूरपश्चिमको आधार भन्ने मुल नाराका साथ यही फागुन २१ गते बाट शुरु हुने मेला फागुन ३० गते सम्म संचालन हुने छ । सो अवधिमा करीब १लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने छन् भने आमदानी रु.५ कारोड रुपैया सम्म हनुे आयोजक टिमले विश्वास गरेको छ । यस पाली हुन गईरहेको मेलामा विगत सालको भन्दा फरक र भव्य र सभ्य हुने कञ्चनपुर उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष माधव जोशीले बताउनु भयो ।

१० दिन संम्म लागातार संञ्चालन हुने मेला अवधिमा २२ गते कृषि विकास कार्यालयले आलु उत्पादन प्रविधिक, २३गते किसान परियोजनाले विउ उत्पादन, २५गते निड्सले जडिबुटी प्रशोधन, २६ गते एनआरसिएसले उखु खेति प्रर्वद्धन, २७ गते ईलम हेल्भटासले कृषि विमा तथा केरा प्रशोधन, २८ गते पशु स्वास्थ्य सेवा कार्यालयले आधुनिक कुखुरा पालन तथा २९ गते एक गाँउ एक उत्पादन कार्यक्रमले केरा उत्पादन र प्रर्वद्धन विषयमा हरेक दिन तालिम, गोष्ठी र अन्तरक्रिया हुने छ । जसकालागि सहभागी हुन चाहने इच्छुक कृषकले पहिले नै आफ्नो नाम दर्ता गराउनु पर्ने छ ।

मेलामा अवलोकन कार्तालाई सास्कृतिक मनोरञ्जन दिनका लागि स्थानिय, क्षेत्रिय तथा राष्ट्रिय कालाकारहरुको उपस्थिती रहने छ भन्ने मित्र राष्ट्र भारत बाट कुमाऊका सास्कृतिक कार्यक्रम पनि दर्शकहरु अवलोकन गर्न पाउने छन् ।

मेला अवलोकन गर्न विद्यार्थीको लागि प्रवेश शुल्क रु ३० तोकिएको छ भने अन्य व्यक्तिको लागि रु ४० रहने छ ।
यसपालीको मेलालाई थप आर्कषक बनाउन एकैं किसिमका उपभोग्य वस्तुहरुको एक ग्यालरी रहेन छ जस्तै अटो मोबाइल ग्यालरी, सुचना प्रविधि ग्यालरी, खाद्य समाग्री ग्यालरी कृषि, सामग्री ग्यालरी आदि ।

मेलाको मुख्य प्रयोजकमा अमृत डिष्टलरी, प्रयोजक साई हस्पीटल हल्द्धनी सह प्रयोजकमा माईक्रोमेक्स मोबाईबल, बजाज मोटर साईकल, स्ट्रन बतास मोटर प्रा.लि. आयसर टेक्टर खुसलोक हस्पीटल बरेली प्रर्वद्धकमा लक्ष्मी बैङ्क, एक गाँउ एक उत्पादन कार्यक्रम नेपाल पर्यटन बोर्ड, राष्ट्रिय वाणिज्य बैंङ्क, नेपाल टेलिकम, कञ्चन डेभलपमेन्ट बैंङ्क, सिप्रिदी रहेका छन् ।

अहिले सम्म २२० भन्दा बढि स्टल बुकिङ्ग भईसकेको छ । फागुन २१ गते बाट सञ्चालन हुने मेलामा, मेलाको समुद्दघाटन अर्थ राज्य मन्त्रि दामोदर भण्डारीले गर्नु हुने छ भने सो समुद्दघाटन सत्रमा भारतका विद्यायक सासंदहरुको समेत सहभागीता रहने मेला मुल आयोजक समितिका संयोजक तथा कञचनपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश रावलले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यी सेवामा अब राष्ट्रिय परिचय पत्र अनिवार्य हुँदै बिहेकै रात गलत तरिकाले युवतीको ‘भर्जिनिटी टेस्ट’, फेल भएपछि यातना र तनाब ! अदालत पुग्यो मुद्दा भैरहवा पुगे लामिछाने, भोलि अदालतमा हाजिर हुने प्रहरीलाई गायिका आस्था राउतको कटाक्ष : न्वारन देखिको बल निकालेर ठोक्नु भएछ नी त्यो भाइलाई मामा.. पछिल्लो साढे ६ वर्षको अवधिमा नेपालमा १ अर्बभन्दा बढी कण्डमको आयात, कोभिडको समयमा सबैभन्दा बढी खपत मेयर राईलाई खानेपानी मन्त्रीले भने- यसै वर्ष टेन्डर हुन्छ, खुसी भएर धरान फर्किनुस् क्लोज क्याम्प छाड्दा कारबाहीमा नपरेका सन्दीपमाथि अम्पायरबारे टिप्पणी गर्दा अनुशासनको कारबाही भीम रावललाई गृहजिल्लामा समर्थन, हजारभन्दा बढीले छोडे एमाले क्यानको कारवाहीमा परे सन्दीप लामिछाने समीक्षा अधिकारी र ज्योती मगरबीच ‘सामाजिक सञ्जालयुद्ध’ भाइरल अभियन्ता आशिकालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति शशांक र चन्द्र भण्डारीलाई दायाँ-बायाँ राखेर प्रचण्डको उद्घोष: ओली सरकार धेरै लामो जाँदैन महोत्तरीमा २९ वर्षीय युवकको शव अर्धनग्न अवस्थामा फेला, हत्याको आशंका लामिछानेसहितलाई धरौटीमा छोडनुको कारण पेश गर्न उच्च अदालतको आदेश युके,अमेरिका र अस्ट्रेलिया पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने एक महिलासहित तीनजना पक्राउ प्रहरीबाट युवकमाथि निर्घात कुटपिट : कुटिनुअघिको पष्ठभूमि के थियो ? विपिन जोशी सुरक्षित रहेको जनाउने तीन आधार महाकुम्भमा आँखाकै कारण भाइरल बनेकी मोनालिसालाई फिल्मकाे अफर डोनाल्ड ट्रम्पका नयाँ १० आदेश : अवैध आप्रवासी प्रवेशमा प्रतिबन्धदेखि मेक्सिकोको सीमामा आपतकाल घोषणासम्म रित्तो गाग्रीसहित सिंहदरबार पुगेका हर्क साम्पाङको गाग्री प्रहरीले खोस्यो