पढ्न करिब 1 मिनेट लाग्छ
<p><img src="http://sajhasabal.com/uploads/posts/3c9534dbf5c77db54fe584ff598a04941495691392.jpg" style="width: 720px; float: left;">जेठ ११, रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १२ गेलु गाउँका रामशरण खत्रीको किराना पसल चोरी गर्ने तीन जना पक्राउ परेका छन् । <br></p><p>गएराति खत्रीको पसल चोरी भएको हो । आज मन्थली बसपार्कबाट नगद २१ हजार ९ सय २१ रुपैया सहित उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा प्रचण्ड खत्री, सुरज कार्की र शिवहरी बुढाथोकी रहेका छन् । राति खन्ती प्रयोग गरी घर फोरेर नगद निकालेको उनीहरुले प्रहरी समक्ष स्वीकार गरेका छन् । </p><p>उनिहरु पैसा चोरी गरेर खिम्ती बजार हुँदै मन्थली आउने क्रममा दोलखाको मेलुङबाट राजधानी हिडेको सुपरबस चढेका थिए ।</p>

