2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

महिला सशक्तिकरणकालागि महिला उद्यमीहरु मेलामा

mahila udyamiभाष्कर के.सी./फागुन २३, कञ्चनपुर । सुदूरपश्चिमाञ्चल क्षेत्रिय औद्योगिक व्यापार मेला कञ्चनपुर पर्यटन महोत्सव २०७२ को मेलामा रहेको स्टलहरु मध्ये महिला उद्यमी समिति कञ्चनपुर उद्योग वाणिज्य संघ कञ्चनपुर द्वारा स्थानिय महिला बाट उत्पादित विभिन्न प्रकारका अचार तथा अन्य उपभोग्य समाग्रीहरु मेलाको मुख्य आर्कषक केन्द्र मध्ये रहेको छ ।

महिलाहरु द्वारा आफैंले उत्पादित अचार सेलरोटी, पकौडा आदि मेलामा बेच्न पाउदा उनीहरु उत्साहीत एवं प्रोत्साहित भएको बताएका छन् । यसरी आफैं उत्पादन गरेको अचार जस्तै: आमको अचार, खुर्सानीको अचार, लसुनको अचार, अदुवाको अचार जस्ता विभिन्न प्रकारका गुणस्तरीय अचार तथा अन्य सामग्रीहरु विक्रीका लागि राखिएको संयोजक निर्मला भट्टले बताउनु भयो ।

महिला सशक्तीकरणकोलागी यस्ता कार्य सबै महिलाहरुले गर्नु पर्ने र आफ्नो शिप कौशललाई घरमै सिमित नराखी आय आर्जनको स्रोत सम्म बन्ने हुनाले सबैले हातेमालो गदै जान्नु पर्ने र यसबाट अरु महिलाहरुले पनि प्रेरणा लिई महिला उद्यमशीलतालाई अगाडी बढाउनु पर्ने कुरा सह– संयोजक मधु भारतीले बताउनु भयो ।

आफनो काम प्रति राम्रो रिसपोन्स आएको हुनाले महिला उद्यमी समिति कञ्चनपुरका महिलाहरु अझै उत्साहित भएको छन् । कञ्चनपुर उद्योग वाणिज्य संघले विभिन्न किसिमका यस्ता तालिमको आयोजना गर्ने हुनाले यस्ता कार्यहरुमा सहभागी हुन समेत सबै उद्यमी महिलाहरुमा आग्रह गर्नु भएको छ । यस कार्यक्रममा सुदा नाथ, अहिल्या बोहरा, सरला खड्का, रन्जना थापा र भावना के.सी.को पनि सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई