2026-06-29 06:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडी स्थानिय विकासका लागी श्रोता क्लब गठन

फागुन २५, कञ्चनपुर / कञ्चनपुर जिल्लाको दक्षिणि क्षेत्र बेल्डाँडी नगरपालिका–८ बैबाहमा साझेदारी बिकास परियोजना अन्र्तगत इक्वल एक्सेस संस्थाको सहयोगमा डाफेँ मुनाल रेडियो श्रोता क्लब गठन भएको छ । आज अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर स्थानिय बिकासका काममा महिलाको पनि उत्तिकै सहभागिता हुनु पर्छ भन्ने उदेश्यले आजकै मितिमा क्लव गठन गरिएको क्लब कि सहजकर्ता शान्ति महराले जानकारी दिनु भयो ।

उनले भने राज्यको सेवा सुविधा बाट बन्चित भएको हाम्रो टोलमा कसैको ध्यान आज सम्म नपुगेको बताउदै भन्नु भयो “अव हामी नारी चुलो चौकोमा मात्र सिमित नभएर स्थानिय बिकास र सुशासनका काममा महिलाले पनि लाग्नु पर्ने धारणा ब्यक्त गरे” । डाफेँ मुनाल रेडियो श्रोता क्लव अध्यक्ष पार्वती जोशी, सचिव कलावती शाहु लगाएत २५ सदस्यीय समिति गठन गरिएको हो । यसरी टोलमा रेडियो श्रोता क्लव गठन भएको देख्दा स्थानिय बासीहरुमा खुसी छाएको छ ।

अमेरिकी सहयोग नियोग ग्क्ब्क्ष्म् द्वारा सञ्चालित“साझेदारी विकास परियोजना”ले बिगत ३ बर्षदेखि स्थानीय विकास र सुशासनका क्षेत्रमा काम गर्दै आएको छ ।“साझेदारी बिकास परियोजना” अन्तर्गत इक्वल एक्सेसले स्थानीय रेडियोहरुसँगको सहकार्यमा स्थानीय विकास र सुशासन मुख्य सवाल केन्द्रित रेडियो लहरहरु ‘साझेदारी, “नयाँ नेपाल” तथा “साथीसँग मनका कुरा”उत्पादन र प्रसारण गर्दै आईरहेको छ । साथै समय समयमा परियोजनामा आवद्ध संघसंस्थाहरुसँगको सहकार्यमा स्थानीय स्तरमा स्थानीय विकास र सुशासन बिषयक कार्यक्रम गर्दै आएको छ ।

विमल धामीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ