2026-06-29 06:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुआहाराको अनुभब आदानप्रदान कार्यक्रम सम्पन्न

suaahaara kanchanpurभाष्कर के.सी./चैत २, कञ्चनपुर । सुआहाराले एक कार्यक्रम गरी आफ्नो ११ महिनाको छोटो समयमा गरेको उपलब्धी र आफुले बटुलेको अनुभब आदान प्रदान गरेको छ ।

युएसएड अन्तर्गतको त्यस संस्थाले एक कार्यक्रम विच आफुले गरेको बहुक्षेत्रीय पोषण योजना, जिल्ला स्तरीय प्रगती विवरण, सुआहाराको निरन्तरताको आधारहरु र कार्यक्रम बजेट तथा खर्च विवरण प्रस्तुत गर्नुको साथै आफ्ना ग्यालरी प्रर्दशन गरेको थियो ।

आफुहरुले छोटो समयमा पनि महिला स्वास्थ्य स्वयं सेविका, घरायसी खाद्यान्न समुह, नमुना कृषकद्वारा पोषण सरसफाई, घरायसी खाद्यान्न उत्पादन, उपयोग छलफल र सहयोग गरेको, विपन्न वर्गका कृषकहरुलाई विउ–विजन, कृषि अनुदान, खानेपानी , सरसफाई, तथा महिलाहरुको लागि गर्भधारण देखि बच्चा नहुर्कुन्जेल दिनु पर्ने पोषण सम्बन्धी ज्ञान तथा फर्सीको खिर बनाउने तरिका साथै त्यस बाट हुने फाईदा बारे जानकारी दिएको र त्यही अवधिमा २ वटा गा.वि.स.मा खुल्ला दिशा मुक्त घोषणा गर्न सफल भएको, हात धुने स्थानको स्थापनाको सिकाइले अन्य स्वस्थ्य आमा समुहको गतिविधिमा समेत सोहि सिकाइलाई प्रयोगमा ल्याएको, हरेक बार खाना चारको व्यवहारलाई समुदायले मनन गरी प्रयोगमा ल्याएको जस्ता कार्यक्रमहरु गरेको जिल्ला संयोजक भीमा पराजुलीले बताउनु भयो ।

सानो समयमा ठुलो उपलब्धी गरेको यस्ता कार्यक्रमहरुले गाँउको विकास गर्नुको साथै स्वच्छ सफा अभियानलाई अगि बढाउदा मान्छे निरोगी र स्वास्थ्य हुने हुनाले यस्ताकार्यहरु लाई निरन्तरता दिनु पर्ने र सुआहारा फेज १ सकिएको र फेज २ लिएर फेरी आउने आशा गरेको खानेपानीका कार्यालय प्रमुख गौराज लिम्बुले बताउनु भयो ।

उक्त कार्यक्रममा अध्यक्षता नि. स्थानीय विकास अधिकारी धर्मराज जोशीले गर्नु भएको थियो भने जिल्ला प्रमुख अधिकारी मनोहर प्रसाद खनाल प्रमुख अतिथि रहनु भएको थियो । स्वागत मन्तवय जिल्ला जन स्वास्थ्य प्रमुख दिल बहादुर शाहीले दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ