१ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

विपन्न बर्गका महिलालाई सिलाई, कटाई सम्वन्धि तिन महिने तालिम सुरु

६ चैत्र २०७२, शनिबार १२:४९

चैत ६, कञ्चनपुर । जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिका–५ चवन्नी बजारमा विपन्न वर्गका मलिला, एकल महिला र किशोरीहरुलाई ३महिने सिलाई, कटाई र बुनाई सम्बन्धि तालिम आज देखी शुरु भएको छ ।

इम्मानुएल संस्थाको सहयोगमा विपन्न बर्गका , असाहय , पिडित महिला तथा किशोरीहरुलाई उनको क्षमता अभिबृदी र आत्म निर्भर बनाउनको लागी तालिम दिन लागेको संस्थाले जनाएको छ । इम्मानुएल संस्थाले आज बेल्डाँडीमा एक कार्यक्रमका बिच तालिमको उदघाटन गरेको संस्था प्रमुख गजेन्द्र थापाले जानकारी दिनु भयो ।

उनले भने हाम्रो संस्थाले बिगत १बर्ष अगाडि देखी बिपन्न बर्गका महिला, बालबालिका, एकल महिला, द्धन्दपिडितहरुलाई तातो घाउँमा मलम पट्टि गर्दै आएको कुरा समेत जानकारी गराउँनु भयो । बेल्डाँडी क्षेत्र खुल्ला सिमानाहुनाले एक छाक टार्न भारतमा गएर मज्दुरी गर्नु पर्ने र मज्दुरी गर्न जानेबेला महिला किशोरीहरु हिंसामा पर्ने गरेको पाईएको छ ।

यस्ता योन शोषणमा परेका महिला तथा किशोरीलाई यो संस्थाले बिगतमा पनि सिलाई कटाई तालिम दिएर उनिहरुलाई आत्म निर्भर बनाएको संस्था प्रमुख थापाले बताउनु भयो । आज देखी शुरु भएको तालिममा ३५जना महिला किशोरीको सहभागीता रहेको थियो । एक सहभागी महिलाले भने हामी जस्ता तमाम महिला तथा किशोरीहरु भारमा साझ बिहान मज्दुरी गर्नजाने बेला पटक पटक शोषणमा पर्ने गरेका छौँ ।

“हामीहरु आर्थिक रुपले कम्जोर छौँ छाक टार्न भारत धाउनु पर्छ भातर जादा हामीहरु प्रति दुब्यवहार गर्ने गरेको रुदै दुःखेसो पोख्नु भयो” । उनले भने सरकारको यो लाचार अवस्थाले हामी गरिवहरुलाई ठुलो मर्कापरेको छ । सरकारले हामी जस्तो पिडित महिलाको घाउँमा मलमपट्टी कहिले लागाउला कि ? उनले रुदै भनिन् “हामी भौतारी रहेका थियौ कोही नहुनेको भगवान सहारा हुन्छ भने झै हामीलाई यो संस्थाले ठुलो गुन लागाएको छ” ।

बाच्नको लागी सिपमुलुक तालिम दिदैछ यो तालिम बाट हामी लाभ लिई ब्यवसायी गर्ने सोच बनाएका छौँ । तालिममा सहभागी सबैले आफ्नो नयाँ जिवनरेखा कोरिरहेको बताए । -विमल धामीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘महाराजधिराज’ को पोस्टरमा पलकाे दुई अलग चरित्र एक वर्षमा आठ हजार ६ सय नेपाली विमानस्थलबाटै फकाईए गोली हानेर श्रीमतीको हत्या पिएसएल अक्सनमा बिक्री भएनन् नेपाली खेलाडी एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ आज तोलामा आठ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीको कति? इजरायल र हमास युद्धविरामको नजिक, यी विषयमा जुट्यो सहमति ‘माघे संक्रान्ति धार्मिक,सांस्कृतिक, र प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण पर्व’ चालु आर्थिक वर्षको ६ महिनामा उठ्यो ५ खर्ब ५९ अर्ब राजस्व २०८१ को एसईई परीक्षाको समयतालिका सार्वजनिक, यस्तो छ रुटिन प्रधानमन्त्री केपी शर्मा ओलीले दिए माघे संक्रान्तिको शुभकामना आज देशभर माघे सङ्क्रान्ति पर्व मनाउँदै मंगलबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना जब भारतीय विदेशमन्त्रीले आरजुलाई सोधे: नेपालमा आएर कसैले मान्छे मारेको भए मिटिङ हुन्थ्यो? रवि फेरी हिरासतमा: अदालतअघि प्रधानमन्त्रीविरुद्ध उत्तेजक नाराबाजी मन्त्रिपरिषद्ले के-के गर्‍यो निर्णय ? सुत्केरी भएकी महिलालाई ६ महिनासम्म मासिक ४ हजार आजपनि सकिएन थुनछेक बहस, रवि लामिछानेलाई हिरासतमै पठाउन आदेश विश्वकप अघिको अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल पराजित