Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

१०औँ गणतन्त्र दिवस डडेल्धुरामा पनि विविध कार्यक्रम गरि मनाइयो

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

ललित बोहरा/जेठ १५, डडेल्धुरा । देशमा गणतन्त्र स्थापना भएका सोमबार देखि ९ वर्ष पूरा भएको छ ।

गणतन्त्र दिवस–२०७४ देशभर लगायत डडेल्धुरामा पनि विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ ।

झन्डै अढाइ सय वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना भएको हो । डडेल्धुरामा दिवसका अवसरमा सोमबार बिहान बागबजार देखी जिल्ला समन्वय समितिको प्राङगण सम्म ¥याली निकालिएको थियो ।

लामो समय जरा गाडेर बसेको राजतन्त्रलाई बिदाइ गरी गणतन्त्र स्थापना शान्तिपूर्ण रुपमा हुनुलाई विश्व समुदायले अनौठो घटनाका रुपमा लिएको छ । गणतन्त्र स्थापनापछि पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि दोस्रो संविधानसभाले ७० वर्ष पुरानो सपना साकार पारेको छ ।

विसं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएपछि स्थानीय तहको पहिलो चरणको निर्वाचनसँगै कार्यान्वयन प्रक्रिया पनि सुरु भएको छ ।