जेठ १६, दाङ । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् ।

तुलसीपुर हुँदै दमारगाउँ जान लागेको ग १ ख ५०९६ नम्वरको बस मंगलबार बिहान तुलसीपुर उप–महानगरपालिका वडा नं. १२ स्थित उरहरी चोक नजिकै दुर्घटना भएको हो ।

घाइते हुनेमा अमर मावि उरहरीका शिक्षक चिन्तामणि पोख्रेल र शिक्षाका अनिता रेग्मी तथा तुलसीपुर १२ कचिला निवासी लक्ष्मिमान चौधरी रहेको अस्थाई प्रहरी पोष्ट जस्पुरले जानकारी दिएको छ ।

घाइते तीनै जनाको अवस्था सामान्य रहेको छ । तर उक्त दुर्घटनामा परि अरु थप ३ जना पनि घाईते भएको स्थानीय पूर्ण केसीले जनाएका छन् । पानी परेकोले सडक चिफ्लो हुनु र तीव्र गतिले गर्दा वस दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ । गाडि र गाडि साहुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।