उमा केसी/ जेठ १६, रोल्पा । चाडपर्व तथा नाचगानको वेला बजाइने मादल लोप हुन लागेको बेला रोल्पा इरिवाङका बादी समुदाय भने मादलको संरक्षणमा जुटेका छन् ।

परम्परागत "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

उमा केसी/ जेठ १६, रोल्पा । चाडपर्व तथा नाचगानको वेला बजाइने मादल लोप हुन लागेको बेला रोल्पा इरिवाङका बादी समुदाय भने मादलको संरक्षणमा जुटेका छन् ।

परम्परागत "/>

2026-09-19 05:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाका बादी समुदाय मादल बचाउन यसरि जागे

उमा केसी/ जेठ १६, रोल्पा । चाडपर्व तथा नाचगानको वेला बजाइने मादल लोप हुन लागेको बेला रोल्पा इरिवाङका बादी समुदाय भने मादलको संरक्षणमा जुटेका छन् ।

परम्परागत पेसाका रुपमा मादल बनाएर जीविकोपार्जन गरिरहेका उनीहरु पेसा सङ्कट पर्न थालेपछि अन्य पेसा अँगाल्न बाध्य भएका थिए । पुर्खाले गर्दै आएको पेसा भएपनि जमानाअनुसार मादलको विकल्पमा अन्य वाद्य सामग्री भित्रिएपछि उनीहरुको पेसा सङ्कटमा पर्दै आएको हो ।

मादल बनाउने परम्परागत पेसा लोप हुन लागेको तथा प्रविधि पनि हस्तान्तरण गर्ने भन्दै घरेलु तथा साना उद्योग विकास समिति रोल्पामा पेसा प्रवद्र्धन तालिम मागेअनुसार जिल्लाका बादी समुदायका १२ जनाका लागी ४५ दिने मादल बनाउने तालिम सम्पन्न गरिएको छ ।

लोप हुन लागेको पेसालाई संरक्षण गर्दै आधुनिकीकरण गरी आयआर्जनमा समेत सहयोग पु¥याउने उद्देश्यका साथ सो तालिम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग विकास समिति, रोल्पाका कार्यालय प्रमुख बालकृष्ण आचार्यले बताए। 

दुईखोली गाउँपालिकाको इरिवाङमा रहेका १८ घरधुरी बादी समुदायका लागि सरकारले केही वर्ष पहिले घर बनाइदिएको थियो । सरकारले बनाइदिएको घरबाहेक अन्य जग्गा नभएको रामचन्द्र बादीले बताए। 

पेट पाल्नका लागि मादल बनाउने पेसा छाडेर अन्य पेसा अँगाल्न थालेको बेला मादल बनाउने तालिमले आफ्नै पेसातर्फ फर्केर परम्परा बचाइ राख्न मद्दत गरेको तालिमका सहभागी रामचन्द्र बादीले बताए।

आफूहरुको आर्थिक अवस्था कमजोर रहेका कारण पेसा प्रवद्र्धनका लागि सरोकारवालाबाट सहयोगको अपेक्षा गरेको तालिममा सहभागी निर्मला बादीले जानकारी दिइन्।

आठ महिलासहित १२ जनालाई सो तालिम दिइएको घरेलु तथा साना उद्योग विकास समिति रोल्पाले बताएको छ । तालिममा उत्साहका साथ सहभागिता जनाएका कारण पेसाप्रति इमान्दारिताका साथ लाग्नेमा आफू आशावादी भएको कार्यालय प्रमुख आचार्यले बताए ।

पेसा सजिलो, आयआर्जन हुने र स्थानीयस्तरमै कच्चा पदार्थसमेत उपलब्ध हुने भएका कारण निरन्तरता पाउनेमा आफू आशावादी रहेको आचार्यले बताए।

उनीहरुले उद्यम दर्ता गरी उद्यम थप विकास गर्न चाहेमा उद्यम विकास कोषमार्फत महिला उद्यमीका लागि बिनाधितो ऋण उपलब्ध गराउन सकिने आचार्यले बताए। तालिमपश्चात् उनीहरुलाई तालिममा प्रयोग भएका मेसिन औजार पनि उनीहरुलाई नै हस्तान्तरण गरिएको छ ।

परम्परागत पेसा छोड्दै ज्याला–मजदुरी तथा माछा मार्ने काममा लाग्न थालेका उनीहरुको परम्परागत पेसालाई निरन्तरता दिने सोचका साथ सो तालिम सञ्चालन गरिएको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई