<p style="text-align: justify; "><b>पुस्कर महत । जेठ १६, सिंगटी।</b> प्राकृतिक प्रकोपमा परी हराएका तथा घाइते भएका व्यक्तिहरुको खोज तथा उद्धार सम्बन्धि क्षमता विकास तालिम आज दोलखाको सिँगटीमा सम्पन्न भएको छ । </p><p style="text-align: justify; ">प्रकोपमा परी विचलित समुदायको खोजी तथा उद्धारका साथै प्राथमिक उपचारमा समेत स्थानियलाई नै सक्रिय बनाउने उदेश्यले संचालन गरिएको तालिम आज सम्पन्न भएको हो । तालिममा बाढि, पहिरो, भु–कम्प, चट्याङ, आगलागी जस्ता प्रकोपहरुमा परि विचलित भएका व्यक्तिहरुको खोजी तथा विपदबाट प्रभावितहरुलाई पु¥याउन सकिने प्राथमिक उपचार सहयोग जस्ता विषयलाई लक्षित गरी प्रशिक्षण दिइएको नेपाल रेडक्रस सोसाइटी धनगडी शाखाका प्रशिक्षक सिताराम जोशीले जानकारी दिए । सामुदायिक विकास मंचले दोलखामा संचालन गरेको “प्रयास” परियोजनाका संयोजक गोपाल कृष्ण बस्नेतका अनुसार आफैँ जोखीममा रुमालिएर अरुको खोजी तथा उद्धारमा सक्रिय हुन विशेषत युवाहरुलाई तालिम प्रदान गरिनु उपयुक्त हुने भए पनि केही युवा अवस्था पार गरिसकेका व्यक्तिहरु समेत सहभागि भएर उत्सुक्ताका साथ तालिम लिएको जनाइएको छ । युरोपेली समुदायको मानविय सहायता विभाग ९ईको० को आर्थिक सहयोग तथा ह्याण्डिक्याप इन्टरनेशनलसँगको साझेदारीमा सञ्चालन गरिएको तालिम सामुदायिक विकास मञ्च नेपाल मार्फत सञ्चालन भइरहेको विपद जोखिम न्युनिकरण “प्रयास” परियोजनाले सञ्चालन गरेको हो । </p><p style="text-align: justify; ">तालिममा प्राप्त ज्ञानलाई प्रशिक्षार्थीहरुले प्रयोगात्मक विधिबाट समेत प्रस्तुत गरेका थिए । तालिमलाई धनगडि र भक्तपुर जिल्ला रेडक्रस शाखाका प्रशिक्षकहरुले सहजिकरण गरका हुन् । तालिममा साविकको लादुक र लामिडाँडा गाविसमा सञ्चालन भइरहेको विपद जोखिम न्युनिकरण “प्रयास” परियोजनाको खोज तथा उद्धार कार्यदलका ४० जना सदस्यहरुको सहभागिता रहेको आयोजकले जनाएको छ। </p>
May 30, 2017
दोलखा - DLKH, समाज
खोज तथा उद्धार तालिम सम्पन्न
By kit
4 मिनेट पढाइ










