Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बेल्डाँडीमा भवन निर्माण आचारसंहिता सम्वन्धि तालिम सम्पन्न

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

विमल धामी/जेठ १७, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपलिकामा मंगलबार देखि शुरु भएको भवन निर्माण मापदण्ड तथा राष्ट्रिय भवन संहिता सम्वन्धि २ दिने अभिमुखिकरण तालिम आज सम्पन्न भएको छ ।

बेल्डाँडी गाउँपालिकाको आयोजनामा भवन निर्माण आचार संहिता र भुकम्प प्रतिरोधात्मक भवन निर्माण गुरुन भन्ने उदेश्यले यस सम्वन्धि तालिम दिईएको बेल्डाँडी गाउँपालिकाका कार्यकारी अधिकृत धर्मराज जोशीले जानकारी गराउनु भयो । बेल्डाँडीमा दिन प्रतिदिन निर्माण हुन लागेका भवन प्रति चिन्ता ब्यक्त गर्दै आचार संहिता सम्वन्धि अभिमुखिकरण गराउनु पर्ने भएकोले तालिम दिएको बताए । बेल्डाँडी निर्वाचन अधिकृत टेक कुमार रेग्मी लगायत राजनितिक दल, वडानागरिक मञ्च, नागरिक सचेतना केन्द्र, सकारी तथा गैरसरकारी सं–संस्थाका प्रतिनिधिको सहभागीता रहेको थियो ।

भवन निर्माण आचार संहिता र प्राबिधिक तालिम बारेमा बेदकोट नगरपालिकाका सिभिल इन्जनियर शतिस शाहीले तालिम दिएका थिए । मनोगत तरिकाले भवन निर्माण कार्यले भोली खतारा निम्त्याउने हुनाले अनिर्वाय रुपमा भवन निर्माण संहिता लागु गर्नुपर्नेमा जोड रहेको थियो ।

सहभागीहरुले भवन निर्माण आचार संहिता अनुरुप बेल्डाँडीमा भवन निर्माण हुनु पर्नेमा जोड दिएका थिए । आचार संहिता बेल्डाँडीमा लागु गर्नु पर्नेमा कार्यालयलाई सहयोग गर्नेमा प्रतिवद्धता जनाएका छन् ।