Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिशु जन्माएर फाल्ने १७ वर्षीया अविवाहित युवती पक्राउ

२०७४, १७ जेष्ठ बुधबार १०:१६

जेठ १७, सोलुखुम्बु । अवैध सम्पर्कबाट नवजात शिशुलाई जन्म दिएर फाल्ने एक अविवाहित युवती पक्राउ परेकी छिन् । 

दूधकौसीका गाउँपालिका–३ पञ्चन स्थायी घर भई हाल सदरमुकाम सल्लेरीमा डेरा गरी बस्ने राई थरकी एक १७ वर्षीया युवती पक्राउ परेकी हुन् ।

सोलुदूधकुण्ड नगरपालिका–६ नयाँबजारनजिकै मङ्गलबार दिउँसो फोहोर फाल्ने स्थानमा राईले डेरामा नै नवजात शिशु (छोरी) जन्म दिएर फालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

करिब २ः३० बजे महिलाले प्लास्टिकको पोका फालेको केटाकेटीले देखेपछि नजिकै गएर हेर्दाहेर्दै शिशु चलेर बाहिर निस्केपछि चिच्याउँदै अभिभावकलाई खबर गरेका थिए । प्रत्यक्षदर्शीले दिएको हुलियाअनुसार प्रहरीले घटनामा संलग्नको खोजी कार्य तीव्र बनाएको थियो ।

कक्षा ११ मा अध्ययन गरी सल्लेरीमा डेरा गरी बस्दै आएकी राईलाई मङ्गलबार साँझ डेराबाटै पक्राउ गरिएको र प्रारम्भिक अनुसन्धानमा घटनामा आफू संलग्न रहेको स्वीकार गरेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । 

शिशु कसको हो र किन यस्तो घटना घट्न पुग्यो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रनाउ बुढाथोकीले बताए । यस्तै, २०७२ मङ्सिर २८ र २९ गते पनि सदरमुकाममै दुई शिशुको शव भेटिएको थियो । 

डेढ वर्ष बितिसक्दा पनि उक्त घटनामा संलग्न दोषी पत्ता लगाउन नसकेको प्रहरीले मङ्गलबारको घटनामा संलग्नलाई भने २४ घन्टा नबित्दै नियन्त्रणमा लिन सफल भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश