2026-07-24 06:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

चितुवाको छाला, हड्डी र हतियारसहित दुई जना पक्राउ

tiger chhala copyभाष्कर के.सी./चैत्र २२, कञ्चनपुर । नेपाल प्रहरीको सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान टिमले कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका क्षेत्रबाट तिन थान चितुवाको छाला र ४ वोरी मा राखिएको १५ किलो हड्डी सहित दुई जना लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झलारीपिपलाडी ७ का ३४ वर्षिय पदम ठगुन्ना र ५७ वर्षिय नरबहादुर विष्ट रहेका छन । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ले पत्रकार सम्मेलन गरी आज सार्वजनीक गरेको छ ।

सोमवार रातीको समयमा झलारी बजार आउदै गरेका २ जनालाई झलारी पिपलाडी १० लालबनिया मा शंकाको आधारमा चेक जाज गर्दा तिन थान चितुवाको छाला र १५ किलो हड्डी सहित उनिहरु पक्राउ गरीएको जिल्ला प्रहरीकार्यालय कञ्चनपुर का प्रवक्ता प्रहरी नायव उपरिक्षक केदार खनालले जानकारी दिनु भएको छ । उनीहरु दुवैलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको र थप अनुसन्धान गरी कार्वाही का लागी जिल्ला वन कार्यालय कञ्चनपुर लाइ बुझाईने प्रहरीले जनाएको छ ।

त्यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका बाट प्रहरीले हतियार सहितका २ जनालाई समेत पक्राउ गरेको छ । सोमवार राती इलाका प्रहरी कार्यालय बेलौरी बाट खटिएको गस्ती टोलीले बेलौरी नगरपालिका —८ महाकाली बहुमुखी क्याम्पस नजिक बाट एक थान कटुवा पेस्तोल सहित उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलालीको अत्तरिया नगरपालिका १२ का १९ वर्षिय घुम्मन राना र सोही ठाउ बस्ने बर्ष २० का सन्तोष राना रहेका छन ।

ति दुवैजना लाई पनी प्रहरी ले आजै पत्रकार सम्ममेलन गरी सार्वजनीक गरेको छ बेलौरी नगरपालिका १० पचुई बाट करिव १२ बजे राती मोटर साईकलमा आउदै गर्दा चेकजाचका क्रममा उनीहरुलाई हतियार सहित पक्राउ गरीएको र उनिसंगै आएका एक जना भने फरार रहेकाले खोजीकार्य जारी रहेको इलाका प्रहरीकार्यालय बेलौरीका प्रहरी निरिक्षक भरत बहादुर चौधरीले जानकारी दिनुभएको छ ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको र घटना मा अन्य व्यक्ति को पनी संलग्नता हुन सक्ने देखिएकोले थप अनुसन्धान भई निज लाई हात हतियार खरखजाना मुद्या चलाई कार्वाही गरीने को कञ्चनपुरका प्रहरी प्रमुख तुलसी प्रसाद अधिकारी ले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक