शेर बहादुर अ‍ेली, बाजुरा । विद्यालयका शिक्षकहरु बिच सिकाइ आदान प्रदान गर्न, अभिभावक तथा शिक्षक र बालबालिकाहरुमा शिक्षण सिकाइ सामग्रीहरुको माध्याम द्वारा विद्यालय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... शेर बहादुर अ‍ेली, बाजुरा । विद्यालयका शिक्षकहरु बिच सिकाइ आदान प्रदान गर्न, अभिभावक तथा शिक्षक र बालबालिकाहरुमा शिक्षण सिकाइ सामग्रीहरुको माध्याम द्वारा विद्यालय"/>
2026-07-24 10:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

मेरो पनि केहि भन्नु छ

शेर बहादुर अ‍ेली, बाजुरा । विद्यालयका शिक्षकहरु बिच सिकाइ आदान प्रदान गर्न, अभिभावक तथा शिक्षक र बालबालिकाहरुमा शिक्षण सिकाइ सामग्रीहरुको माध्याम द्वारा विद्यालयमा शैक्षिक सामग्रीहरुले भरीभराउ मनाउन सहयोग पुर्याउने उद्देश्यका साथ यही २०७४ जेष्ठ ५ र ७ गते क्रमशः बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाको वडा न. १ जनप्रभात आधारभुत विद्यालय र त्रिवेणी नगरपालिका वडा न. ४ तोलीदेवल डाँडा माविमा शैक्षिक सामग्री प्रर्दशनी मेलाहरु सम्पन्न भएको छ । उक्त कार्यक्रममा बुढीगंगा नगरपालिकाको वडा न. १, २ र ३ का ७ वटा विद्यालयहरुको सहभागीगता रहेको थियो । 

त्यसै गरी त्रिेवेणी नगरपालिका वडा न. २, ३, ४ र ५ बाट ८ वटा विद्यालयहरुको सहभागिता रहेको थियो । शैक्षिक सामाग्री प्रर्दशनी मेलामा नयाँ तरिकाले सम्पन्न गर्ने ध्येयका साथ “मेरो पनि केहि भन्नु छ ”भन्ने वाक्यांशका साथ प्रारम्भ र अन्तगरिएको थियो ।

यस वाक्यांशले प्रर्दशन गरिएका शैक्षिक सामाग्रीहरुमा बालबालिकाहरु, शिक्षक, अभिभावक, मुल्यांकन कर्ताहरु तथा शिक्षा क्षेत्रका विषय विशेषज्ञहरुले पालैपालो प्रर्दशन गरिएका सामग्रीहरुको बारेमा मेरो पनि केहि भन्नु छ भनि सामाग्रीहरुको प्रयोग, उपयोगिता तथा कक्षाकोठामा प्रयोग गरिने विधि र प्रक्रियाको बारेमा सहित जानकारी गरिएको थियो । 

अझै यसमा स्वयम् बालबालिकाहरुले हरेक सामाग्रीहरु प्रति जिज्ञासा राख्दाअझै रोचकभएको थियो । स्वतः स्र्फतरुपमासहभागिहरुले आफ्नो तर्फबाट जिज्ञाशा राख्दाप्रर्दशनगरिएका सामग्रीहरुको बारेमासिक्ने अवसर प्राप्तगर्न सहजताभएको थियो ।

मुल्यांकनकर्ताहरुले सहित हरेक स्टलहरुबाट केहि नमूना सामग्रीहरु छनौट गरी यि सामग्रीहरुको प्रयोग यसरी गर्नुपर्दछ तथा सम्वन्धीतविद्यालयकाशिक्षकहरुलाई मेरो पनि केहि भन्नु छ भनिप्रश्न गरेर सम्वन्धीतविद्यालयकाशिक्षकहरुले मेरो पनि केहि भन्नु छ भनिजवाफदिने गरेको थियो । त्यसै गरी हरेक अभिभावक र बालबालिकाहरुले हातहातमा मेरो पनि केहि भन्नु छ भनिप्लेकार्ड समाएर आफुलाई लागेको जिज्ञाशा राखेका थिए । 

त्यसै गरी जिल्लाशिक्षाकार्यालयबाट श्रोतव्यक्ति हिरालाल रेग्मी, विभिन्न गैरसरकारी संस्थाकाप्रतिनिधिहरुले पनि मेरो पनि केहि भन्नु भनिभनिप्रर्दशनगरिएका सामग्रीहरुको बारेमाआआफ्ना जिज्ञाशा तथाप्रर्दशनगरिएका शैक्षिक सामग्रीहरु प्रभावकारीताको बारेमा सहितजानकारी गर्ने गरिएको थियो । 

यस भनाईले सहभागिशिक्षक, बालबालिकाहरु, अभिभावक, स्थानीय राजनैतिकदलकाप्रतिनिधिहरु एवम् विभिन्न सरकारी तथा गैरसरकारी निकायकापदाधिकारीहरु पत्रकार सबैले केन्द्रीतभई प्रर्दशनगरिएका शैक्षिक सामग्रीहरुलाई केन्द्रीत गरी गुणस्तरीय सिकाइवातावरणमा यसले पुर्याउन सक्ने सहयोगको बारेमा मेरो पनि केहि भन्नु छ भनिआआफ्ना अभिव्यक्तिहरु प्रस्तुत् गरिएकाथिए ।त्यसै गरी हरेक विद्यालयहरुले नमुनाकक्षाहरु पनिप्रर्दशन गरेका थिए । 

यसरी प्रारम्भ देखि अन्त सम्म हरेकले व्यक्तिले मेरो पनि केहि भन्नु छ भनिप्रारम्भ गरिएको शैक्षिक मेलाप्रर्दशनी मेला रोचकहुनको साथै प्रर्दशनगरिएका सामग्रीहरुमामात्र केन्द्रीतहुने अवसर प्राप्त गरेका थिए । 

करीवचारहजार सम्मको सहभागिता रहेको शैक्षिक सामग्री मेलाप्रर्दशनी मेलामाबिच बिचमाबालबालिकाहरुद्वारा साँस्कृतिककार्यक्रमहरु सहित प्रस्तुत् गरेका थिए । सहभागी विद्यालयहरु मध्ये उत्कृष्ठ तीन वटा विद्यालयहरुलाई प्रथम, द्वितिय र तृतिय स्थानप्राप्त गरेका विद्यालयहरुलाई जिल्लाशिक्षाकार्यालय र पीसविन र सेभ द चिल्डे«नको सहयोग रेहेको थियो ।बुढीगंगा नगरपालिका वडा न. १ ब्रहृमतोलामाभएको कार्यक्रममाबसन्तआधारभुतविद्यालयप्रथमचैते पिपलमाविद्वितिय र नवज्योतीआधारभुतविद्यालयतृतियस्थानल्याउन सफलभएकाथिए । 

त्यसै गरीत्रिवेणी नगरपालिकातोलीमाभएको कार्यक्रममापार्वतीमाविप्रथम, जनज्योतीआधारभुतविद्यालय दोस्रो र तोलीदेवलडाँडा माविले तेस्रो स्थानप्राप्त गरेका थिए । प्रथमहुनेलाई ३५००, द्वितियलाई ३००० र तृतिय स्थान प्राप्त गर्नेलाई २५०० बराबरको शैक्षिक सामग्रीहरु पुरस्कार स्वरुप प्रदान गरिएको थियो । सम्वन्धीत विद्यालयका विद्यालय व्यवस्थापन समितिकाअध्यक्षहरुको अध्यक्षतामा सम्पन्न भएका उक्त कार्यक्रमहरुमा श्रोत व्यक्ति हिरालाल रेग्मी, स्थानीय राजनैतिक दलका पदाधिकारीहरु, शिक्षक, अभिभावकहरु, पत्रकार, सेभ द चिल्ड्रेनका शिक्षाअधिकृत चेतरा जपाध्याय, पीसविन शेर बहादुर ओली, गिता थापालगाएत सम्वन्धीत गाविसमा कार्यरत विभिन्न गैरसरकारी संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमको बारेमाप्रति क्रियादिदै जिल्लाशिक्षाअधिकारी नगेन्द्र प्रसाद रेग्मीले भन्नु भयोः—“बालबालिकाहरु, शिक्षक र अभिभावकहरुमा नयाँ हौसल जागरणगर्न शैक्षिक मेला प्रर्दशनी एक महत्वपूर्ण क्रियाकलाप हो । 

बालबालिकाहरुको विद्यालयमा नियमिततामा अभिवृद्धि गर्न, सिकाइ उपलब्धीमा सुधार गर्नको साथै अभिभावकहरुले आफ्ना बालबालिकाहरु प्रतिजिम्मेवारी बढाउन समेत यस कार्यक्रमले सबैको ध्यानआकर्षण गरेको छ । यसको साथै यहाँ प्रर्दशन गरिएको शैक्षिक सामग्रीहरु केवल देखाउनको लागि मात्रन भएर कक्षा कोठामा निरन्तर रुपमा प्रयोग गर्नुपर्ने विषयमा सहित सुझाव सल्लाह दिनुभएको थियो ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक