Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ चैत २५ गते, अपराह्न ४:२२ बजे
कन्चनपुर - KNC

गाविस सचिवकै मिलोमतोमा विना स्विकृत सिसमका रुख कटानी

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भाष्कर के.सी./ चैत २५, कञ्चनपुर । सचिवको मिलोमतोमा कञ्चनपुरको शंकरपुर स्थित गाविसको नाममा रहेका बनका रुखहरु कटान गरिएका छन । सो गाविसको क्षेत्र परिसरमा २ सय भन्दा बढी रुखहरु स्वीकृती विना नै कटानी गरिएका छन् ।

जस मध्ये ६÷७ वटा सिसमका रुखहरु छन् । एक हप्ता अगाडी मात्रै उक्त रुखहरु कटान गरिएका हुन । जिल्ला वन कार्यालय कञ्चनपुरबाट स्वीकृत नै नलिई गाविस सचिव सुरेन्द्र बहादुर चन्दको मिलोमतोमा मनोमानी रुपले सिसमलगायतका रुखहरु कटान भएको स्रोतले जनाएको छ ।

गाविसको आय स्रोतकालागि ती रुखहरु कटानी गरिएको स्थानियहरुले बताएका छन् तर जिल्ला वन कार्यालय कञ्चनपुरले कटानी भएपछि मात्र थाहा पाएको जनाएको छ । यो समाचार तयार गर्ने क्रममा उक्त गा.वि.स सचिव लाई पटक पटक मोबाइल सम्पर्क गर्दा सम्पर्कमा आउँन सकेका छैनन् ।