२२ कार्तिक २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सामाजिक विकासका लागी बेल्डाँडी अलस्टार क्लबद्धारा आर्थिक संकलन

२६ चैत्र २०७२, शुक्रबार ०८:४२

विमल धामी, चैत्र २६, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिका–१ अलस्टार युवा क्लबले अनलाईन बाट समाज बिकासका लागी पहिलो पटक आर्थिक संकलन गरेको छ ।

युवा खेलकुदमा मात्र सिमित नभएर समाजको लागी केही विकासको काम गर्न सक्छन् भन्ने पुष्टि गर्न युवा युवा मिली पहिलो पटक आर्थिक संकलन गर्न जुटेको क्लब संयोजक मिलन शाह(बाबु)ले जानकारी गराउँनु भयो । उनले भने समाजले युवालाई हेर्ने दृष्टी फरक भएका कारण समाज बिकासमा युवा सहभागिता नहुन सकेको बताए । हामी युवा भएर हाम्रो गाउँटोल विकासका लागी केही गर्नु पर्छ भन्ने आफुहरुमा बिदेश बस्दा भोगेको भोगाई सुनाउदै हामीले पनि हाम्रो ठाउँमा केही गर्न सक्छौ भन्ने सोच बनेको संयोजक शाहले बताउँनु भयो ।

उनले भने बिगतका दिन या बाल्यकालमा जानी नजानी केही कमि कम्जोरी हामी युवा बाट भएका हुनसक्छन् तर ति दिनहरुबाट पाठ सिक्दै हामी आज बिकासको काममा सहभागी हुनको लागी अनलाईन बाट आजको मिति सम्म १लाख १७हजार ९सय ३५ रुपैयाँ जमा गरिसकेको जानकारी दिनु भयो । उठेको रकमले बिकासको काममा यसरी खर्च गर्ने जनाए , कालिका मन्दिर नजिकै एउटा यात्रु प्रतिक्षालय निर्माण , गाउँघरका बाटा घाटा तथा सार्वजनिक ठाउँ पनः निर्माण , बिगत ७साल देखी दर्ता नहुन सकेको अलस्टार युवा क्लबलाई दर्ता गरेर संचालनमा ल्याउँने , बालबालिकाका लागी खेल सामाग्री उपलब्ध गराउने क्लबको मुख्य कार्य रहेको बताए । यसरी युवा विकासको काममा सकृय भएको देख्दा स्थानिय वासीहरुमा खुशी पलाएको छ ।

एक स्थानिय बिकास सिह महताले भने नेताहरुले युवालाई चुनावको बेला बिभिन्न प्रलोभन देखाएर नारा बाजी कुट पिटमा मात्र प्रयोग गर्ने चुनाव जितेपछि वास्ता नगर्ने बानिले आज हाम्रो सोचमा सकारात्मक परिर्वतन आएको कुरा खुल्लासा गरे । नेताले बिभिन्न प्रलोभन देखाए तर युवाको हित हुने काम बेल्डाँडीमा कहिलै नगरेको दुःखेसो सुनाए । हामी युवा मिलेर आफ्नो गाउँ आफै बनाउँ भन्ने सोच अहिले यहाँका अधिकांश युवामा देखीएको उर्जाले क्लबलाई सशक्त बनाउने कुरा दावी गर्नु भयो । यस्तै अर्का स्थानिय युवा एम एस घटालले भने युवाले चाहे जे पनि गर्न सकिन्छ । त्यसैले हामी सबैले हाम्रो गाउँ आफै बनाउँ भन्ने ब्यावहारमा उतारेरै छोड्ने बताए । उनले भने यसमा सबैको सहयोग हातेमालो रहन जरुरी रहेको धारण ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली समाजलाई भताभुङ्ग पार्ने प्रयास सफल हुँदैनः अध्यक्ष ओली राष्ट्रपति पौडेल स्वदेश फिर्ता मङ्सिरभित्र कांग्रेसको नियमित महाधिवेशन नभए केन्द्रीय समिति भङ्ग गर्न माग विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहलाई भट्टराईको सुझाव वाणिज्य बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल सांसदको काम थिति बसाल्ने होः उपसभापति वाग्ले नेप्सेमा ११ अंकको गिरावट मारमा मौरीपालक किसान एलन मस्कको स्टारलिङ्कले भारतमा सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने राहदानीको विषय समाधान उन्मुख छः परराष्ट्र मन्त्रालय अनौठो ‘स्काई केभ’ राष्ट्रपति पौडेल कतारबाट स्वदेश प्रस्थान गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति भण्डारीको घरको अवलोकन गाजामा युद्धविराम कायम राख्न आत्यावश्यक : डब्लुएचओ बिहारमा मतदान, प्रधानमन्त्री मोदीका लागि ‘लोकप्रियताको परीक्षा’ पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार वीरगञ्ज भन्साार नाकाः विद्युतीय सवारीसाधन आयातमा बृद्धि डा भट्टराईद्वारा विभिन्न राजनीतिक दलका नेतासंग छलफल