2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

दक्षिणी क्षेत्रका कृषक चैते धानतर्फ आकर्षित

चैत्र २७, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी बेलौरीका कृषकहरु चैते धानखेती तर्फ आकर्षित भएका छन् । सिँचाईको सुविधा भएका कारण यहाँका कृषकहरु गहुँ खेती भि¥याएसंगै चैते धानखेती तर्फ आकर्षित भएका हुन् ।

महाकाली सिँचाईको नहर सुविधाले आफुहरुलाई चैते धानखेती गर्न सहज भएको कृषकहरुको भनाई छ । सिँचाईको नहरका कारण दक्षिणका केही क्षेत्र सिमसार गरेपनि उचो भू भागतिर दोहोरो खेती लगाउने गरेका छन् ।

गहुँखेती पछि तिन महिना फुर्सदिला भएकाले खाली समयको सदुपयोग गर्न समेत चैते धान रोपेको बेल्डाँडी नगरपालिका ८का कृषक नरेन्द्र सिह भण्डारीले बताउनुभयो । भण्डारीले पाँच कट्टा जमिनमा चैते धानखेती गरेका छन् ।

चैते धानको चामल मसिनो र मिठो हुने भएकाले घरकम खानका लागि समेत चैते धान रोपेको उहाँले बताउनुभयो । ‘सिँचाईको सुविधा छ, अन्य छिमेकीहरुले पनि चैते धान लगाएका छन् मैले पनि लगाएको छुँ ।, उनले भने ।

‘बिक्रि गर्न नभएपनि घरमा खानलाई हुन्छ ।, यस्तै बेलौरी नगरपालिका १४का मदन रानाले पनि १० कट्टा जमिनमा चैते धानखेती गरेका छन् । घर खान पनि हुने बाँकी रहेको बिक्रि गर्ने उदेश्यले रानाले चैते धानखेती गरेको बताउनुभयो । तिन महिना बेरोजगार बस्नु भन्दा चैतेखेती गरेको रानाको भनाई छ ।

चैते धान लगाउने कृषकहरुले धानखेतीको बृद्धि विकास हुने बेला रोगको संक्र्मण देखा पर्ने गरेकाले समयमै औषधी उपलब्ध हुनुपर्नेमा जोडदिएका छन् । यस्तै दक्षिणी क्षेत्रका अन्य कृषकहरुले पाँच कट्टा देखि दुई विगाह सम्म जमिनमा खेती गरेका छन् । सिँचाईका लागि नहरको विकल्प नभएका कारण पनि अधिकाँस कृषकहरुले खेती गर्न डराउने गरेका छन् ।

जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार जिल्लामा ३ सय हेक्टर भन्दा बढि जमिनमा चैते धान खेती गरिदै आएको छ । विमल धामीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई