2026-09-18 10:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

पालेको भरमा दुर्गम बाजुराको विद्यालय

प्रेम रौले/जेठ १९, बाजुरा । बाजुरा जिल्लाको उत्तरी भेगको जगन्नाथको ढाडाकोटस्थित बूढीनन्दा प्रावि दुई महिनादेखि सुनसान बन्दै गएको छ । 

चैत दोस्रो साता नै हतारहतारमा परीक्षा सकेर हिँडेका सबै शिक्षकको अहिलेसम्म अत्तोपत्तो छैन । विद्यालयमा विद्यार्थी र विद्यालयका पालेबाहेक अरू कोही देखिँदैनन् ।

सदरमुकाम मार्तडीदेखि करिब एक दिनको पैदल दूरीमा रहेको ढाडाकोटस्थित उक्त विद्यालयका शिक्षकले चैत पहिलो सातामै वार्षिक परीक्षा सञ्चालन गरेका थिए । परीक्षा सकिएपछि चैत १२ मा प्रधानाध्यापकसहित सबै शिक्षक परीक्षाफलसमेत प्रकाशित नगरी घर हिँडेको स्थानीयवासीले बताएका छन् । कुनै पनि शिक्षक विद्यालयमा नफर्केपछि विद्यालयका पाले धर्मबहादुर बोहराले परीक्षाफल प्रकाशित गरेका थिए। 

शिक्षकको लापरबाही यतिमै सीमित छैन । विद्यालयले वैशाख पहिलो सातादेखि भर्ना अभियान सुरु गर्नुपर्ने हो । साथै विद्यार्थीका हातहातमा नयाँ किताबसमेत पु¥याउनुपर्ने हो तर यहाँ अध्ययनरत बालबालिकालाई नयाँ कक्षामा नाम लेखाउने र हातमा नयाँ किताब लिएर फर्किने अवसर पाएका छैनन् । “सरहरू नफर्केपछि विद्यार्थीको नाम मैले नै रजिस्टरमा टिपेको छु,” विद्यालयका पाले धर्मले भने।

सरकारी तलबभत्ता खाने तीन र निजी स्रोतका दुई गरी पाँच शिक्षक कार्यरत यो विद्यालयमा वैशाखभर एउटै शिक्षक पनि विद्यालय फर्केनन् । दामोदर रेग्मी प्रअ रहेको यो विद्यायमा शङ्कर जोशी र अम्मकला बोहरा दरबन्दीका शिक्षक हुन् । नैनचन्द्र रोकाया र जयप्रकाश रोकायालाई विद्यालयले निजी स्रोतमा नियुक्ति दिएको छ ।

शिक्षकको अत्तोपत्तो नभएपछि विद्यालय व्यवस्थापन समिति अध्यक्ष छक्क बोहराले प्रअ रेग्मीलाई बारम्बार फोन गरी कुरा गर्ने प्रयास गरेको बताइएको छ तर रेग्मी सम्पर्कमा आउनु भएन । अन्य शिक्षकसँग समेत सम्पर्क हुन नसकेको अध्यक्ष बोहराले बताए। “पटकपटक कुरा गर्न खोज्दा रेग्मीले वास्तै गर्दैनन्,” अध्यक्ष बोहराको भने, “लामो समय विद्यालय बन्द भएर बालबालिकाको भविष्य अन्योलमा पर्ने देखेपछि जिल्ला शिक्षा कार्यालयमा खबर गरेको छु ।”

शिक्षा कार्यालयलाई समेत उक्त विद्यालयका शिक्षकको लापरबाहीबारे जानकारी नभएको होइन । स्थानीय तहमा विद्यालयको अनुगमन रेखदेख गर्ने काम स्रोतव्यक्तिको हो । त्यस क्षेत्रका स्रोतव्यक्ति प्रेमराज रेग्मीलाई उक्त विद्यालयका शिक्षकको लापरबाहीबारे जानकारी छ । उनले पनि शिक्षकको लापरबाहीलाई सामान्यरूपमा लिएको देखिएको छ । “हेडमास्टर मान्दैनन् त म के गरूँ”, ठट्यौली पारामा स्रोतव्यक्ति रेग्मीले भने।

प्रअ रेग्मीले लापरबाही गरेको यो पहिलोपटक होइन । विगत १३ वर्षदेखि सोही विद्यालयमा कार्यरत उनको विगतदेखि नै यस्तै चाला रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोहरा बताउँछन्।

“गत वर्ष हामीले शिक्षा कार्यालयमै पुगेर ज्ञापनपत्र बुझाएका थियौँ, तर वास्ता गरिएन,” उनले भने, “अहिले त उनी कुरा गर्न खोज्नेबित्तिकै फोन स्विचअफ गर्छन् ।” कक्षा ५ सम्म सञ्चालन हुने यो विद्यालयमा ११० विद्यार्थी अध्ययनरत रहेका छन् । “अवस्था थाहा पाएपछि प्रअलाई तत्काल विद्यालय जान निर्देशन गरेको छु,” विद्यालय निरीक्षक उमेश रेग्मीले बताए। 

विद्यालयको सेवा क्षेत्रका अभिभावक अप्ठ्यारोमा छन् । ढाडाकोट गाउँ सो विद्यालयको सेवा क्षेत्र हो । अर्को विद्यालय गाउँदेखि करिब डेढ घन्टा टाढा पर्छ । “स–साना बालबालिकालाई देवलडाँडा मावि, कुरुमा पठाउन पनि समस्या छ । हाम्रो विद्यालयको हालत यस्तो भयो,” अभिभावकको भनाइ छ ।

ढाडाकोटको बूढीनन्दा मात्रै होइन, जिल्लाका थुप्रै विद्यालयको अवस्था अस्तव्यस्त रहेको विद्यालय निरीक्षक धर्मराज जोशी स्वीकार्छन् । कतिपय विद्यालयमा एउटै किताब पनि पुगेको छैन । कतिपयमा अपुरा किताब छन् । जिल्लाबाहिरका शिक्षक धेरैजसो फर्केका छैनन् । “साँच्चै अस्तव्यस्त भएको छ,” विद्यालय निरीक्षक जोशीले भने, “कतिपय विद्यालयमा त चैत सुरुमै हिँडेका शिक्षक अझै फर्केका छैनन् ।”

जिल्ला शिक्षा कार्यालयका कर्मचारीले नियमित अनुगमनमा ख्याल नगर्दा विद्यालय क्षेत्रमा अस्तव्यस्तता बढेको आरोप विगतदेखि नै लाग्दै आएको छ । बूढीनन्दा प्राविकै अध्यक्ष बोहराले दुई घन्टा टाढा घरमा बस्ने स्रोतव्यक्ति रेग्मीलाई एकपटक जबर्जस्ती बोलाउँदा पनि विद्यालयको पर्यवेक्षण तथा अनुगमनका लागि कहिल्यै नआएको बताए। 

विद्यालयका प्रधानाध्यापक र स्रोतव्यक्तिको लापरबाहीका कारण जिल्लाका कतिपय विद्यालय खुल्न सकेका छैनन् भने कतिपय विद्यालयमा पाठ्यपुस्तक नै पुगेका छैनन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई